• २० वैशाख २०८१, बिहिबार

सेनाका पाललाई हाफ म्याराथन उपाधि

blog

धावक मुकेशबहादुर पाल । तस्बिर : गोरखापत्र

अविनाश चौधरी

धनगढी, वैशाख १ गते । धनगढीमा शनिबार भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक मुकेशबहादुर पालले जित्नुभएको छ । 

उहाँले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा सात मिनेट ५७ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्नु भएको हो । जितसंगै पालले ६६ हजार ६६६ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । 

यसैगरी प्रतियोगितामा एक घण्टा आठ मिनेट १२ सेकेन्ड लगाएर निर्धारित दूरी पूरा गर्नु भएको धावक दुर्गाबहादुर बुढा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभयो । उहाँले नगद ४४ हजार ४४४ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । 

यस्तै, धावक नरेन्द्रसिंह रावत निर्धारित दूरी एक घण्टा आठ मिनेट ४९ सेकेन्डमा पूरा गरी तेस्रो हुनुभयो । उहाँले नगद ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नु भएको छ । धनगढी जेसिजले हरेक वर्ष नयाँ वर्षको दिन अब धनगढी दौडिन्छ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।