• १२ साउन २०८१, शनिबार

ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु

blog

मेल्लेख गाउँपालिका-सुयडमा दुर्घटनामा परेको ट्याक्टर ।

शिवराज ढुङ्गाना 

अछाम, चैत १२ गते । मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मेल्लेख गाउँपालिका-७ सुयडमा सोमबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् । 

यस्तै, घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । घाइते तीन जनाको उपचारका लागि जिल्लाको बयलपाटा अस्पताल पठाइएको अछाम प्रहरीका निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको र कारण खोजी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका व्यत्तिहरु साँफेबगर-मेल्लेख सडक खण्डका कामदारहरु रहेको बताइएको छ ।