• १३ असार २०८१, बिहिबार

पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने

blog

नमुना विद्यालय बनाउनका लागि सहमति गरिदैं ।

अविनाश चौधरी

धनगढी, माघ २४ गते । धनगढी उपमहानगरपालिकामा रहेका पाँच विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । वडा ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय, १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालय, १८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाइने भएको छ । 

यसैगरी, वडा १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालय र वडा नम्बर ९ स्थित भवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने धनगढी उपमहानगरपालिकाका नगर प्रमुखको निजी सचिवालयले जनाएको छ । 

पाँच वटै विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न आज सम्झौता गरिएको छ । धनगढी उपमहानगरपालिका र टिच फर नेपालबिच सम्झौता भएको हो । नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।