• १३ साउन २०८१, आइतबार

मृगको मासुसहित एक पक्राउ

blog

मृगका मासुसहित पक्राउ परेका व्यक्ति । तस्विर : शिवराज ढुंगाना

शिवराज ढुंगाना 

अछाम, माघ ११ गते । घरमा मृगका मासु र विभिन्न सामग्रीसहित एक जनालाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलसेन नगरपालिका –१२ ठाँटीका ३१ वर्षीय टङ्कबहादुर शाहीलाई बिहीबार घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मृगको छाला, सिङ र मासुसहित नियन्त्रणमा लिइएको अछाम प्रहरीका प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिनुभयो । शाहीसँग १० थान जनावरका सिङ, आठ थान खुरसहितका खुट्टा, टाउको सहितको दुई वटा छाला, सिसा र फलामका २–२ गोली समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

खुट्टा, सिङ, मासु ११ किलोग्राम रहेको र डिभिजन वन कार्यालय पठाएको बताइएको छ । पक्राउ परेका शाहीलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको साउदले जानकारी दिनुभयो ।