• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मतदान

blog

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्नुहँदै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, माघ ११ गते ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गर्नुभएको छ ।

उहाँले आज बिहान मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो । राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । मतदान ३ बजेसम्म जारी रहनेछ ।

राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो ।

सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिनुभएको छ ।