अविनाश चौधरी
धनगढी, माघ १० गते । कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ ।
धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको ज्यान उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्दीप स्टोरका सञ्चालक अग्रवालले आज आफ्नो घरको पाँचौँ तलाबाट जमिनमा हाम फाल्नु भएको थियो ।
घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिनुभयो । अग्रवाल कस्मेटिक व्यापार गर्दै आएको जनाइएको छ ।
उहाँले के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको जनाइएको छ ।