महरेडाँडामा पर्यटकको चहलपहल
पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महरेडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
पूर्वाधार विकास कार्यालयद्वारा ८५ प्रतिशत योजना सम्झौता
पूर्वाधार विकास कार्यालय, स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजना मध्ये २२५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।
धम्पुस पुग्यो वातावरणीय प्रभाव मूल्याङ्कन टोली
घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ। आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।
१०९ वर्षीय निउरे राष्ट्रिय परिचयपत्र बनाउँदै
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् ।
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला
लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ ।
सहकर्मी पाखे भन्नुहुन्छ : पौडेलले अहिलेसम्मको निष्कलङ्क छवि जोगाउनुपर्छ
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गत बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित पौडेलले आज (सोमबार) शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने
गल्याङमा चैत ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले आलु तथा कृषि प्रदर्शनी गर्ने भएको हो ।
रामचन्द्र पौडेलले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएपछि तनहुँमा खुसीयाली (भिडियोसहित)
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित भएका छन् ।
बागलुङमा परम्परागत चैते दशैँ मेला
चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।
खन्ती–जोमसोम सडक कालोपत्र सुुरु
मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ ।
सुठो बनाउन व्यस्त किसान
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका किसानको मुख्य नगदे बालीका रूपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन्। व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान अदुवाको मूल्य नपाएपछि परम्परागत तरिकाबाट सुठो बनाइरहेका छन्। गाउँमा अदुवा बिक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिएको छ। काँचो अदुवा बिक्री नभएपछि नवलपुरका किसानले सुठो बनाउन थालेका हुन्। अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन थालेको बौदीकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ। सुठो बनाउँदा एक/डेढ वर्षसम्म पनि नबिग्रिने भएकाले किसान त्यसतर्फ लागेका हुन्।
पीएनमा भएन उम्मेदवारी दर्ता
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ। समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
भक्तजनलाई लोभ्याउने कालिज
प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ। मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना, विभिन्न प्रकारका देवीदेवताका मूर्ति तथा मन्दिरहरू, मन्दिर आसपासको करिब एक सय मिटरभित्र राखिएका सयौँ घण्टाले मन्दिरमा आकर्षण थपेको छ। कालिका मन्दिरमा परेवाको बलि निषेध गरेपछि सयौँको
तनहुँ–१ मा युवालाई उम्मेदवारी दिन माग
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेको छ ।
तनहुँ जलविद्युत आयोजना : दुई वटै सुरुङ छेडियो
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ-२ छेडिएको छ।
१० गिद्धलाई प्रकृतिमा छाडिँदै
विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको छ ।
बेचिएन अदुवा, सुठो बनाउँदै किसान
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् ।
टिपर दुर्घटनामा चालकको मृत्यु
जिल्लाको माथागढी–६, चिलेपानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको हो ।
आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो ।
रत्नेचौरमा खानेपानीको अभाव
वर्षौँदेखि उपभोग गर्दै आएको खानेपानीको मूलमा विवाद हुँदा बेनी नगरपालिका -१ रत्नेचौरका करिब चार सय घरधुरीमा पिउने पानीको अभाव भएको छ ।
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।
क्याम्पसमा तालाबन्दी : स्ववियु उम्मेदवारी दर्ता अन्योल
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखोलिएपछि स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन प्रभावित भएको छ। विद्यार्थी मतदाताको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनका बेला कतिपय प्राध्यापक तथा कर्मचारीले निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोप विभिन्न विद्यार्थी सङ्गठनको छ।
मार्फामा तेरमी पर्व
हिमालपारिको जिल्ला मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकाली समुदायको महत्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि चलिरहेको छ। यो पर्व सात दिनसम्म मनाउने गरिन्छ। पहिलो दिन भेटघाट, त्यसपछिको अन्य छ दिनसम्म अन्य गतिविधिका साथै युवाको दुई समूह भाले (फो) र पोथी (म्हो) समूह बनाएर तारा खेल (आर्चरी) खेल्ने गरिन्छ।
पालिका स्थापना दिवसमा उपप्रधानमन्त्री श्रेष्ठ गृह जिल्लामा
गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ।