गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् ।
चार दिनदेखि सडकमा यात्रुको बास
बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ।
सेती पुलबाट खसे साइकल यात्री
पोखरा २९ को पटनेरीमा रहेको सेतीपुलबाट एक साइकल यात्री नदीमा खसेका छन्।
थर परिवर्तन गरी नागरिकता लिने १५ वर्षपछि पक्राउ
नवलपुरमा थर परिवर्तन गरी नेपाली नागरिकता लिएकोमा १५ वर्षपछि एक जना पक्राउ परेका छन् ।
दमौली बजार जलमग्न
नाहाला भत्किएपछि तनहुँको सदरमुकाम दमौली बजार जलमग्न भएको छ । पोखरा-मुग्लिङ सडक खण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि जलमग्न भएको हो ।
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।
सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध : ठुला सवारी साधन बाटोमै रोकिए
व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
आँखा पाक्ने रोग बढेपछि सबै पालिकाका विद्यालय बन्द
नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले आजदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पोखराका विद्यालय तीन दिन बन्द
आँखा पाक्ने रोग देशभर फैलिएसँगै पोखराका संस्थागत तथा सामुदायिक विद्यालय तीन दिन बन्द हुने भएको छ ।
बेनी–जोमसोम सडक सधैँ सास्ती
‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराेका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पोखराको फोहोर १२ दिनपछि अस्थायी ल्यान्डफिलमा
पोखरा ३२ को लामेआहालका १२ दिनपछि फोहोर उठाइएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो तर स्थानीयको विरोधपछि फोहोर फाल्न अवरोध भएको थियो ।
सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्ध भएको हो ।
अव्यवस्थित विकासले बर्खामा सकस
बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् ।
स्याङ्जामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण
स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ ।
कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र
कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो ।
पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।
माइक्रो र बस ठोक्किँदा १३ घाइते
स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् ।
समृद्धिका लागि सबल शक्तिको नेतृत्व आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सबल, देशभक्त र सच्चा शक्तिको नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ ।
योजना बैङ्क बनाउँदै छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभरिका योजना समेटेर योजना बैङ्क निर्माण गरिने उल्लेख गर्नुभएको छ ।
बेनी-जोमसोम सडक अवरुद्ध (फोटो फिचर)
बेनी-जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
गोदाममा थुप्रियो मल, किसानले पाएनन्
गोदाममा रासायनिक युरिया (गेडे) मल भएपनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।
नवलपुरमा आँखा पाक्ने रोग बढ्दै
नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ ।
उच्च अदालतको आदेश, ‘ल्याण्डफिल साइटमा फोहोर फाल्न नरोक्नु’
उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएको छ ।