• १९ असार २०८१, बुधबार

पोखराका विद्यालय तीन दिन बन्द

blog

सन्तोष सुवेदी
कास्की, साउन २३ गते ।
आँखा पाक्ने रोग देशभर फैलिएसँगै पोखराका संस्थागत तथा सामुदायिक विद्यालय तीन दिन बन्द हुने भएका छन् ।

विद्यार्थीको सङ्ख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २४३ र सामुदायिक २०३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी, शिक्षक, अभिभावक सङ्घ, नगर कमिटिका अध्यक्ष र शिक्षकहरुको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

उहाँले मङ्गलबार जनचेतनामूलक कार्यक्रम गरी बुधबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले दिइएको तीन दिन अन्य बिदामा कटाउने गरी सहमति भएको उहाँको भनाइ छ ।