तनहुँमा डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज र नष्ट अभियान
तनहुँमा डेंगु ज्वरोको प्रकोप फैलिएको र बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । डेढ महिनाको अवधिमा जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेंगुका ४४ बिरामी पहिचान भएका हुन् ।
याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप
मनाङमा याक र चौँरीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले हिमाली जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि खोप लगाउन थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै स्थानमा फैलिएको ‘लम्पी स्किन’ यहाँ पनि देखिएपछि सुरक्षित गराउन खोप आएको छ, लगाइरहेका छौँ।”
गाउँ गाउँसम्म सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार विकास कार्यालय स्याङ्जाले आव २०७९/८० मा २२ किमि कालोपत्रे र २०.६५ किमि ढलान गरेको हो।
किर्ते गरेर सामाजिक सुरक्षा भत्ता हिनामिना
म्याग्दीमा एकजना वडासचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिका –१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिका छानविन समितिले जनाएको छ ।
अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालन
अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।
गाउँघरबाट लोप हुँदै पानीघट्ट
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ ।
पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो
पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।
सुन्दर पर्यटकीय गन्तव्य खयर ताल
हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल) बाट बेपत्ता हुनु भएको हो ।
तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडा समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ। २० वर्षदेखि तरकारी खेती गर्दै आएकी स्थानीय रङ्गमाया महतोले वर्षौंदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि समूहमा बसेर तरकारी खेती गर्दा राम्रो भएको छ।” नगरपालिकाले कृषकको घरदेखि सङ्कलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवा प्रदान गरेको छ।
पटक पटक विद्युत् अवरुद्ध हुँदा समस्या
पटक पटक विद्युत् अवरुद्ध हुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ। विद्युत् प्राधिकरणले पूर्वसूचनाबिना विद्युत् कटौती गर्नाले उद्योग व्यवसायमा समस्या आएको व्यवसायी बताउँछन्। विद्युत् अवरुद्ध हुँदा सानादेखि ठूला उद्योगी व्यवसायी सङ्कटमा परेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले समस्याबारे प्राधिकरणलाई अवगत गराए पनि बेवास्ता गरेको बताउनुभयो। औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “बिजुलीलाई आवश्यक पर्ने पानी प्रशस्त छ,
खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।
पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रूपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्वारका रूपमा समेत परिचित गलेश्वरधाम दर्शनका लागि पछिल्ला केही वर्षयता भारतीय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । बेनी बजारदेखि नजिक र शान्त वातावरण भएकाले बास बस्नका लागि गलेश्वर पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सेवाग्राहीको चाप, कर्मचारी अभाव
दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।
कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङ्क्रमण
कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
पिउने पानीमा 'कोलिफर्म'
स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु 'कोलिफर्म' अत्याधिक मात्रामा भेटिएको छ ।
अब बागलुङमै घुम्न पाइन्छ चिया बगान
पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली ।
तनहुँ जलविद्युत आयोजनाको काम ४० प्रतिशत सम्पन्न
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । हाल सम्म आयोजनाको झन्डै ४० प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३९ दशमलव ४२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
बिदेसिने क्रम रोक्न नीतिगत व्यवस्था
स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ। नगरपालिका ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा छ। नगरपालिका २० वर्षे बृहत्तर योजना, पाँचवर्षे आवधिक योजना र एकवर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ। गुलाबी सहरका रूपमा परिचित वालिङका प्रायः सबै घर गुलाबी छन्। फोहोरलाई मोहरमा परिवर्तन गर्न विभिन्न काम भइरहेका छन्। स्थानीय तहको निर्वाचन–२०७९ मा नेकपा (एमाले)को तर्फबाट नगरपालिकाको मेयरमा कृष्ण खाण निर्वाचित हुनुभएको हो। ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली, पूर्वाधार र स्मार्ट सिटी वालिङ निर्माणको आधार’ भन्ने नाराका साथ अगाडि बढिरहेको वालिङका मेयर कृष्ण खाणसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :
काजका कर्मचारी फिर्ता पठाउँदै महानगर
पोखरा महानगरले स्वास्थ्य महाशाखामा कार्यरत काजका ५७ कर्मचारीलाई एकसाथ फिर्ता पठाउने निर्णय गरेको छ। महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले स्वास्थ्य महाशाखालाई मङ्गलबारबाट ती कर्मचारीलाई हाजिरी नगराउन निर्देशन दिनुभएको छ। महानगरको स्वास्थ्य महाशाखामा अहिले ३३४ कर्मचारी छन्। महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालसमेत काजमा आउनुभएको हो। महानगरको गत असार १८ गतेको कार्यपालिका बैठकले अन्यत्र समायोजन भएका कार्यचारीलाई फिर्ता पठाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १ गतेदेखि काजका सबै स्वास्थ्यकर्मीलाई दरबन्दी रहेकै तहमा फिर्ता पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको थियो।
बारुला खाँदा आठ जना गम्भीर बिरामी
विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।
कांग्रेस आफ्नै एजेन्डाबाट विचलित भयो : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले कांग्रेस आफ्ना एजेन्डाबाट विचलित भएको बताउनुभएको छ। बुधबार पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो।