पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हट्यो
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो ।
एक सय ५५ सहकारी एकीकरण
गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध
शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार, दमौलीमा घर भत्काइँदै
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।
ढुङ्गा खसेर पृथ्वी राजमार्गमा अवरोध
पृथ्वी राजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्ड ढुङ्गा खसेर अवरोध भएको छ । शनिवार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ढुला ठुला ढुङ्गा खस्दा अवरोध भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको बिपद व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालयको सहकार्यमा आइतबार बिहान देखि नै अवरोध हटाउने काम भइरहेको छ ।
पहिरोले गाउँ नै जोखिममा
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ को छेकम्पारको झोङ गाउँमा पहिरोले घर घरमा क्षति पु-याएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बिहीबार गएको पहिरोको कारण १० घर उच्च जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार ठुला ठुला ढुङ्गासहित भल घरमा पसेर लत्ताकपडा, खाद्यान्नसमेत नष्ट भएको छ ।
‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौं’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताउनुभएको छ। गण्डकी प्रदेश सरकारले यसका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकता दिएको उहाँको भनाइ थियो। तनहुँको ऋषिङ गाउँपालिका–५, रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिइएको उहाँले बताउनुभयो। पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न जरुरी छ।’’
एक्लेफाँटवासीको उठिबास
मर्स्याङ्दी नदीले कटान गर्न थालेपछि एक्लेफाँटवासीका अधिकांश परिवारको उठिबास भएको छ। बर्सेनि नदीमा आउने बाढीले कटान गर्दै जमिन भासिन थालेपछि पूरै बस्ती उजाड बन्दै गएको हो। नदी कटान नियन्त्रणका लागि दिगो प्रभावकारी योजना सुरु हुन नसकेकाले गर्दा सानो तिनो रोकथामका उपायबाट गाउँ जोगिन नसकेको स्थानीय बताउँछन्। आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटकी ४६ वर्षीय चिजा गुरुङले नदी किनारको भूभाग कटान हुँदै गएकाले उक्त बस्ती जोखिममा परेको बताउनुभयो। स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा पानीको सतह बढ्दा केही वर्षपहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले गर्दा आलोपालो सुत्ने गरेको उहाँले बताउनुभयो।
कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग
मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।
ढुङ्गा खसेर राजमार्ग अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाँउपालिका -४ ऐनापहरा नजिक शनिबार सॉझ खसेको ढुङ्गा
प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उहाँले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला
म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ ।
तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती
कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।
पहिराेमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’
बलेवा कालभैरवको प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो ।
बेनी–जोमसोम सडक पाँच दिन बन्द
बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारको म्याद थप
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप एक वर्ष म्याद थप भएको छ। सुरुवाती ठेक्का सम्झौता अनुसार साउनमा सडक विस्तारको काम सकिनुपथ्र्यो तर समयमै काम नसकिएपछि दोस्रो पटक थप एक वर्षका लागि म्याद थप गरिएको हो। पश्चिम खण्डको म्याद साउन २१ गते सकिएको हो। पश्चिम खण्ड निर्माणको म्याद ३५० दिन थप गरिएको हो। पूर्वी खण्डको म्याद भदौ ११ मा सकिने भएकाले पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को म्याद ३३० दिन थप्ने तयारी गरिएको छ।
पल्लोटारमा फेला परेको अजिङ्गर
गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित पल्लोटारमा शुक्रबार फेला परेको अजिङ्गर ।
निगम प्रमुखमाथि डिजेल चोरीको आरोप
जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिइयो। चोरी आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कबिहीन भएका छन्।
अस्पतालमा आँखा पाक्ने बिरामीको चाप
नवलपुरमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ ।
पाँच वर्षमा सवा लाख घरमा खानेपानीका धारा
पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै
हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।
बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा
पूर्वी नवलपरासीको कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि समुदायका बालबालिका र युवाहरुलाई धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ ।