• २१ असार २०८१, शुक्रबार

पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हट्यो

blog

ढुङ्गा हटाएर पृथ्वी राजमार्गको अवरोध हटाइँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २८ गते ।
पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको अवरोध हटेको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा ठूला ढुङ्गा खस्दा सडक अवरोध भएको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवम् सडक डिभिजन कार्यालयको सहकार्यमा अवरोध हटाइएको हो ।

अविरल वर्षाले गर्दा शनिबार साँझ ६ः३० बजेको पहिरो खस्न जाँदा राजमार्ग सडक दुईतर्फी सवारीसाधान अवरुद्ध भएकोमा हाल दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो  ।

राजमार्गमा ठूला–ठूला ढुङ्गा खसेकाले दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भइरहेको थियो ।