• १४ मंसिर २०८१, शुक्रबार

पहिरोले गाउँ नै जोखिममा

blog

सुलीकोट समाचारदाता

सुलीकोट, साउन २८ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ को छेकम्पारको झोङ गाउँमा पहिरोले घर घरमा क्षति पु-याएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बिहीबार गएको पहिरोको कारण १० घर उच्च जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार ठुला ठुला ढुङ्गासहित भल  घरमा पसेर लत्ताकपडा, खाद्यान्नसमेत नष्ट भएको छ । 

पहिरोले ठिक्क भित्र्याउने बेला भएको तोरी, फापर, चरन क्षेत्र तथा खेतबारीमा क्षति पु-याएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले केही दिनदेखि लगातार भएको वर्षाले पहिरो खस्दा गाउँ नै जोखिममा परेको जानकारी दिनुभयो । गाउँपालिकाले तत्कालका लागि पहिरो गएको ठाउँमा ग्याबिन तार हालिरहेको उहाँको भनाइ छ ।