पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द
धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।
बाढीले क्षति पु र्याएको झोलुङ्गे पुल
त्रिशूली नदीमा आइतबार राति आएको बाढीले क्षति पु र्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०
अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो
बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।
शरीरभरि गोलीका छर्रा गाईगोठ गौरवको दिनचर्या
त्यो जिन्दगीको सबैभन्दा ठुलो अविस्मरणीय घटना थियो तर अब त मिति पनि बिर्सिन थालिए छ, पूर्वकम्पनी कमान्डर गौरव राउत भन्नुहुन्छ। २०५९/६० सालतिरको कुरा होला, माओवादी लडाकुको एउटा कम्पनी जुम्लाको जङ्गलमा हिँड्दै गर्दा नेपाली सेनाको घेराबन्दीमा प¥यो। सेनाले लडाकु देख्ने बित्तिकै फायर खोल्यो। गोली लागेर नौ जना घटनास्थलमै सहिद भए। शरीरभरि गोलीका छर्रा लागेका एक जना तिहाला खोलामा पौडी खेल्दै भाग्न सफल हुनुभयो।
गण्डकी प्रदेशसभा बैठक स्थगन
‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।
मुस्ताङ अदालतमा बढ्न थाल्यो मुद्दाको चाप
पछिल्ला वर्षमा जिल्ला अदालत मुस्ताङमा दर्ता हुने मुद्दाको सङ्ख्या बढ्दै गएको छ। नेपालको अन्य क्षेत्रमा भन्दा छुट्टै रहनसहन भएकाले मुस्ताङ अदालतमा मुद्दा दर्ता कम हुने गरेको थियो। मुस्ताङ जिल्लाभित्रका ९६ गाउँ तथा बस्तीमा मुखिया प्रथा अहिले पनि कायम नै रहेको छ। गाउँलेले चुन्ने मुखियाले धेरै काम गर्ने भएकाले मुद्दा दर्ताको क्रम कमै हुने गरेको थियो। हरेक गाउँमा हुने मुखियाले गाउँका हरेक घटना तथा विवादमा गाउँलेकै रोहबरमा मिलाउने गर्दा अदालतसम्म उजुरी पुग्दैनथे। घरपझोङ गाउँपालिका–२, मार्फाका दीपक लालचनले पछिल्लो समय मुखियाले नै सामान्य प्रकृतिका घटना मिलाउने प्रयास गरे पनि अन्य घटनाको किनारा लगाउन अदालत जान सुझाव दिने गरेको उल्लेख गर्नुभयो।
छ सय वर्ष पुरानो नियम मान्ने गाउँ
म्याग्दी जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ आजभन्दा करिब छ सय वर्षअघि राजाले बसालेको नियम अझै मान्ने गरिन्छ। पन्ध्रौँ शताब्दीको मध्यतिर यहाँका एक राजाले समाजमा बसालेको नियम अझै जीवित छ। धार्मिक संस्कारयुक्त समाज निर्माणका लागि बाइसे/चौबिसे राज्यका पालामा राजा दिलीपबम मल्ल (डिम्बबम) ले पुलाको गाजने गाउँमा मदिरा सेवन नगर्ने, सुगुर, बङ्गुर, कुखुरापालन र काटमार गर्न नपाइने नियम बनाएका रहे छन्।
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन
स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
कागबेनीमा बाढीको वितण्डा (फोटो फिचर)
लगातारको वर्षा सँगै आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
विदेशको सीप स्वदेशका लगाउँदा......
रोजगारीका लागि कोरिया जानुभएका गमबहादुर कुँवरले त्यहाँ बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।
मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ, मारमा पर्यटन व्यवसायी
मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ हुँदा पर्यटन व्यवसायी मारमा परेका छन् । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सडक सुधार आयोजना अन्तर्गत सडक स्तोन्नति कार्यमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा मर्का परेको व्यवसायीको गुनासो छ ।
तीन हजार दुई सय ९५ किलोवाट लघु जलविद्युत् उत्पादन नियमित
गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणाधीन पुल बगायो
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।
दोलखामा अविरल वर्षाका कारण तीनको मृत्यु, चार बेपत्ता
दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् ।
स्याङ्जा क्रिकेट सङ्घमा थापा
स्याङ्जा जिल्ला क्रिकेट सङ्घको तेस्रो अधिवेशनले पुनः दिवाकर थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।
नवलपुरका सबै स्थानीय तहमा तीन घण्टा शिक्षकको धर्ना
नेपाल शिक्षक महासङ्घले नवलपुरका सबै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् ।
म्याग्दीका ग्रामीण भेक जोड्ने अधिकांश सडक अवरुद्ध
शुक्रबारदेखि लगातार परेको वर्षाले गर्दा म्याग्दीको ग्रामीण भेक जोड्ने सडकहरू अवरुद्ध भएका छन् । लगातारको वर्षाले गर्दा जिल्लाको पश्चिम भेक जोड्ने बेनी–दरवाङ सडक खण्डको फापरखेत स्थित घुमाउने भीरमा सडक अवरुद्ध भएको छ ।
मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरो
हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।
गल्याङ चेम्बरका अध्यक्षमा अर्जुन रानाभाट
चेम्बर अफ कमर्स गल्याङको अध्यक्षमा अर्जुन रानाभाट चयन हुनुभएको छ । संस्थाको साधारण सभा तथा दोस्रो अधिवेशनले रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा गठन गरिएको हो ।
पाँच वर्षमा पाँच हजार घरमा धारा
जिल्लाका सुगमदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । मुहान बस्तीभन्दा धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्न बाध्य छन् । पाँच वर्षअघिसम्म जिल्लाका धेरै ठाउँमा खानेपानीको समस्या रहेकामा अहिले अधिकांश क्षेत्रमा आधारभूत खानेपानीको सुविधा पुगेको छ ।
ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै विमलेश
बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे छ ।
अस्थायी डाइभर्सन निर्माणसँगै कालीगण्डकी करिडोर सञ्चालनमा
सात दिनदेखि बन्द कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड आज (आइतबार) देखि सञ्चालनमा आएको छ ।