अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ ।
कांग्रेसको सुझावः ‘बहुमत गुमाएपछि राजिनामा दिनू’
नेपाली कांग्रेसले नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ ।
तनहुँ–१ को उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त
वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्।
सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
कास्कीको मादी गाउँपालिका वडा नं. १ र २ मा निर्मित सुपर मादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
कपिलवस्तुमा ४२९ जना क्षयरोगी फेला
चालु आर्थिक वर्ष ०७९/०८० को फागुन मसान्त सम्म कपिलवस्तुमा ४२९ जना नयाँ क्षयरोगी फेला परेका छन् । सो सङ्ख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुवै ठाउँ गरी क्षयरोग देखिएको हो ।
अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् ।
म्याग्दीबाट बसाइ सर्ने बढ्दो
चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउने भन्दा जानेको सङ्ख्या बढी देखिएको छ ।
पर्यटक सूचना केन्द्र अलपत्र
बेनीमा स्थापना गरिएको पर्यटक सूचना केन्द्र दुई वर्षदेखि अलपत्र छ। मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको कालीपुल बसपार्कमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आर्थिक र व्यवस्थापकीय समस्या भएपछि अलपत्र परेको हो। बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा चार वर्षअघि पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका थिए। अहिले उक्त केन्द्र बन्द मात्र होइन, अलपत्र परेको छ। सूचना केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन आर्थिक व्यवस्थापन गर्न समस्या भएपछि बन्द भएको जनाइएको छ।
खस्कँदो प्याराग्लाइडिङ उडान सेवा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपछि सराङकोटबाट पाँच किलोमिटर टाढाको मान्द्रेढुङ्गा पुगेको प्याराग्लाइडिङप्रतिको आकर्षण खस्किएको छ। सिजनको बेलामा पनि प्याराग्लाइडिङ उतिसारो लय समाउन नसकेको स्थानीय व्यवसायी बताउँछन्। प्याराग्लाइडिङ व्यवसायको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले उडान सङ्ख्या घटेको बताउनुभयो।
गण्डकी सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीको राजीनामा
गण्डकी सरकारबाट नेकपा (माओवादी) का दुई मन्त्रीले राजीनामा बुझाएका छन्। माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र वनमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्।
क्षयरोग न्यूनीकरण गर्न कठिन
बागलुङमा हरेक वर्ष क्षयरोगका बिरामी थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय तथा स्थानीय निकायका स्वास्थ्य शाखाले रोग नियन्त्रणको व्यापक सचेतना, खोजपड्ताल लगायतका कार्यक्रम सञ्चालन गर्दा पनि नियन्त्रण हुन नसकेको हो ।
नवलपुरमा क्षयरोग उपचारमा चुनौती
पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ ।
स्याङ्जा–पर्वत खण्डमा दुई पुल निर्माण
कालिगण्डकी कोरीडोरअन्तर्गत स्याङ्जा–पवत खण्डमामा दुई वटा पुल निर्माण भएका छन् भने कोरिडोर निर्माणले तीव्रता दिएको छ ।
गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’
गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
गर्भवतीलाई झोलुङ्गेमा झुन्ड्याएर अस्पताल लानु पर्ने बाध्यता
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आम डाँडा निवासी हीरा गुरुङलाई बिहीबार प्रसुति व्यथा लागेपछि गाउँलेहरूले झोलुङ्गेमा बोकेर अस्पतालमा पुर्याए । गाउँमा मोटर बाटोको पहुँच नहुँदा एम्बुलेन्स जान नसकेकोले झोलुङ्गे (डोली)मा बाेकेर उनीहरूले अस्पतालमा पुर्याएका हुन् ।
दुई वर्षपछि काममा फर्किए ठेकेदार
बेनी अस्पताल भवनका ठेकेदार दुई वर्षपछि काममा फर्र्किएका छन्। भवन निर्माण योजनाबीचमै अलपत्र पारेर बाहिरिएका निर्माण व्यवसायीले सरकारी निकाय र सरोकारवालाको चौतर्फी दबाबपछि पुनः कार्यस्थलमा फर्किएर काम थालेका हुन्। पछिल्ला केही वर्षयता ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन अलपत्र परेको थियो। तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ पुस २१ गते तीन वर्षभित्रमा निर्माण सक्ने गरी महादेव खिम्ती, गल्वा रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपियाँमा ठेक्का सम्झौता
जसको क्षेत्रमा मूल, तिनै उपभोक्ता काकाकुल
हा....कस्तो हुन्छ माया प्रीति यानीमाया, छाम्दा भेटिँदैनन्। हा....छेउमै बग्छ कालीगङ्गा यानीमाया, तिर्खा मेटिँदैनन्। उल्लिखित गीतको टुक्का चर्चित गायक खड्क गर्बुजाको डाँडैचरी ...बोलको यानीमाया गीतिसङ्ग्रहमा समावेश टुक्का हो। गीतमा कालीगण्डकी नदीछेउमै बगेपछि उपयोग गर्न नपाउँदा प्यासी नै बनेको सन्दर्भ उल्लेख छ।
प्राकृतिक उपचार मानव जीवनका लागि अपरिहार्य
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले योग र प्राकृतिक उपचार मानवजीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।
पोखरामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित अनुभव र क्षमता यही माटोमा आत्मसम्मानका साथ रोपी समाजमा सबल र समृद्ध बनेर स्थापित हुन आग्रह गर्नुभएको छ ।
८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।
तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा
गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आमा समूहकाे सामूहिक आलुखेती
अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।
श्रीमानद्वारा श्रीमतीको हत्या
श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
श्रीमानद्वारा श्रीमतीको हत्या
श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।