अमरराज नहर्की
तनहुँ, साउन २८ गते । पृथ्वी राजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्ड ढुङ्गा खसेर अवरोध भएको छ । शनिवार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ठुला ठुला ढुङ्गा खस्दा अवरोध भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका एवं सडक डिभिजन कार्यालयको सहकार्यमा आइतबार बिहानदेखि नै अवरोध हटाउने काम भइरहेको छ ।
अविरल वर्षाले गर्दा शनिवार साँझ ६ः ३० बजेको पहिरा खस्न जाँदा राजमार्ग सडक दुईतर्फी सवारीसाधन अवरुद्ध भएकोमा हाल एकतर्फी सञ्चालन भएको चाँडै नै दुईतर्फी सञ्चालनमा आउने गरी काम भइरहेको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राजमार्गमा ठुला–ठुला ढुङ्गा खसेकाले दु तर्फी सञ्चालनमा ल्याउन कठिन भइरहेको प्रनाउ खाँडले बताउनुभयो ।