• १४ मंसिर २०८१, शुक्रबार

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग

blog

सन्तोष सुवेदी

कास्की, साउन २२ गते । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट राउटे समुदायलाई ५० हजार प्रदान गर्नुभएको छ । पोखरा घुम्न आएका राउटे समुदायसँग भेट गर्दै मन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेका समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतबारे जानकारी लिनुभएको हो ।

चार सदस्यीय राउटेको टोलीले मुख्यमन्त्रीलाई काठबाट बनेको चौका उपहार दिएका छन् भने उनीहरूले गाँसबास र कपासको जोहो गर्न समस्या भएको मुख्यमन्त्री पाण्डेलाई सुनाएका थिए ।  

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको उनीहरूको भनाइ छ । 

यस्तै, राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न प्रदेशबाट सहयोग सङ्कलन गरेको बताएका छन् ।