• २२ वैशाख २०८१, शनिबार

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

blog

गलकोट,  साउन  २२ गते । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सबिना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस र तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा खसी बजारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ  । 

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । रासस