पोखरामा किसानका लागि आइपिएम पाठशाला
पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ ।
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन ।
विश्व मजदुर दिवस: घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर
व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।
बेनीमा मजदुर दिवस मनाइयो
एक सय ३५ औं विश्व मजदुर दिवसका अवसरमा बेनीमा मजदुरहरुले र्याली निकालेका छन् । मजदुरहरुले ट्रेड युनियनको झन्डा, बाजागाजा र झाँकीसहित बजारमा र्याली निकालेका हुन् ।
सिक्दै कमाउँदै विद्यार्थी
गोरखाको बारपाक सुलीकोट गाउँपालिका-६ ताकुकोटमा रहेको सुर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सृजनशील शुक्रबारे कार्यक्रम अन्तर्गत दुना टपरी बजाउन सिक्दै कमाउँदै आयआर्जन गर्न थालेका छन् ।
नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम पूरा
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालिस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
विद्यालयको नतिजा निराशाजनक
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।
दर्शनटुप्पो बन्यो विकृतिको अखडा
नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो । टावर निर्माणको काम सकिए पनि सञ्चालन गर्ने निकायको अभावमा भवन लथालिङ्ग छ । “वडालाई सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ । रेखदेख नहुँदा भ्यु टावरको गेटमा लगाएको तालासमेत फोडेर माथिल्लो तला दारु खाने अखडा भएको छ,” कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले भन्नुभयो ।
रकम हिनामिनाको आरोपमा सांसदविरुद्ध पक्राउ पुर्जी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो ।
खडेरी लम्बिएपछि पोखरामा खानेपानी अभाव
पोखरा उपत्यकाको मुख्य खानेपानी आयोजना स्तरोन्नति जारी रहँदा लामो खडेरी लागेपछि खानेपानी अभाव भएको छ।
दम्पती हत्या घटना : आरोपी दुई पक्राउ
म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् ।
मौलिकता हराएसँगै पुर्ख्यौली पेसा सङ्कटमा
पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको हो ।
कागबेनीमा बस दुर्घटना : २१ जना घाइते
मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस मङ्गलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो ।
राजमार्ग विस्तारका लागि ७ दिनभित्र घर भत्काउन व्यास नगरपालिकाको आग्रह
नहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीको सडक सीमाभित्रको घर सात दिन भित्र भत्काउन आग्रह गरेको छ ।
मनाङमा लुलुगाई हत्या आरोपमा तीन पक्राउ
यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमै हुन्छन् अझै पनि सुत्केरी
नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा म्याग्दीमा घरमै २५ जना सुत्केरी भएको पाइएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । रघुगङ्गा गाउँपालिकामा सात जना महिला घरमै सुत्केरी भएका छन् । स्वास्थ्य कार्यालयका गणेश सुवेदीले धवलागिरि गाउँपालिकामा दुई जना, मालिका गाउँपालिकामा १० जना, मङ्गला गाउँपालिकामा पाँच जना र बेनी नगरपालिकामा एक जना महिला घरमै सुत्केरी भएको जानकारी दिनुभयो ।
पर्वतीय सङ्ग्रहालयमा अन्ठानब्बे देशका पर्यटक
पर्यटनको राजधानी पोखरामा पाहुनाको मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठमन्दिर पर्छन् । पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्छ । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको सङ्ग्रहालयमा पछिल्लो आर्थिक वर्षमा ९८ देशका पर्यटक आएका छन् ।
सहकारीको ऋण नतिर्नेको सेवा रोकिन्छ
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाको ऋण नियतवश नतिर्नेको स्थानीय तहबाट प्राप्त हुने सेवासुविधा रोकिने बताउनुभएको छ । सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । बेनी नगरपालिका एवं जिल्ला सहकारी सङ्घको समन्वयमा सहकारी ऐन नियम तथा समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख केसीले भन्नुभयो, “कसैको बहकाउमा लागेर होस या बदनियतले ऋण तिरेको छैन भने त्यस्ता ऋणीले स्थानीय तहबाट प्रदान गर्ने सेवा तथा सिफारिस पाउने छैनन् ।” उहाँले सहकारी संस्थाले ऋण नतिर्नुको कारण र नियतका बारेमा आधिकारिक जानकारी गराएपछि त्यस्ता सेवाग्राहीको सबै प्रकारका सिफारिस रोकिने बताउनुभयो ।
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् ।
गण्डकी मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सोमबार खारेज गरिदिएको छ ।
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई पक्राउ
कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बाघको आक्रमणबाट एक घाइते
नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने १ बजे बाघले आक्रमण गरी जिल्लाको मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।