शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको छ । शुक्लागण्डकी नगरपालिकाले चालु शैक्षिक सत्र २०८१ लाई सुधार वर्ष घोषणा गरेको हो ।
पुतलीबजार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दिगोपनाको सुनिश्चितताका लागि प्रतिबद्धता समेत गरिएको हो ।
पर्यटकीय स्थल डहरे र अन्धाअन्धी दहको प्रवर्धन
अर्जुन चौपारी गाउँपािलका –५ मा रहेको धार्मिक पर्यटकीय स्थल डहरे देउराली र आँधीखोाला –२ मा रहेको अन्धाअन्धी दहको प्रवर्धनमा कास्केली अधिकृत समाज जुटेको छ ।
आवश्यकता र प्राथमिकता हेरेर काम गरिरहेका छौँ
कालीगण्डकी नदीको तटमा रहेको स्याङ्जाको चापाकोट नगरपालिकाले पहाडी क्षेत्र मात्र नभई तराई जस्तै समथर भूभाग पनि ओगटेको छ । साबिकको चापाकोट, कुवाकोट, रत्नपुर, सेखाम र साँखर गाविसका पूरै वडा तथा पकवादी मल्याङ्कोट गाविसका एक/एक वडा मिलाएर चापाकोट नगरपालिका बनेको हो । शालिग्राम पाइने कालीगण्डकी नदी पालिकाको दक्षिणी बाटो भएर बग्दछ, उत्तरतर्फ ज्याग्दी खोलाले यहाँको स्वरूप नै राम्रो बनाइदिएको छ । सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना रहेको यस नगरपालिकाका प्रमुख देवबहादुर खाणसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानीको अंश :
मेलाबाटै दुई सय ५० जनालाई जागिर
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला बुधवार सकिएको छ । बेरोजगार युवा र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजित मेलाबाटै दुई सय ४५ जनाले रोजगारी पाएका छन् ।
आत्मनिर्भर बन्ने प्रयासमा चामे
मनाङको मुख्य केन्द्रका रूपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा हामी लागिरहेका छौँ ।”
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।
बुहारी करणी आरोपमा ससुरा पक्राउ
धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नवलपुर र पर्वतलाई भलिबल उपाधि
गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि नवलपुर र पर्वतले जितेको छ । गोरखाको बारपाकमा भएको प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलामा पर्वत च्याम्पियन बनेको हो ।
भारतको लोकसभा निर्वाचनले पोखराको पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभाले गर्दा पोखराको पर्यटनमा कमी आएको छ ।
तनहुँमा खुला व्यायामशाला निर्माण कार्य सुरु
जिल्लाको व्यास नगरपालिका-३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायामशाला निर्माण सुरु गरिएको छ ।
एक हजार बढी हेक्टर जङ्गलमा डढेलोले क्षति
म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन क्षेत्र आगलागीले क्षति भएको छ ।
बसले ठक्कर दिँदा किशोरीको मृत्यु
पोखरा महानगरपालिका वडा नम्बर १४, चाउथेमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको छ बा१प १३३८ नम्बरको बसले मङ्गलबार राति ठक्कर दिँदा स्कुटरको पछाडि सवार खुसी प्रधानको उपचारका क्रममा मृत्यु भएको हो ।
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी
म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएकाे छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो ।
मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण
स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेष गरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।
एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै
पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिर एक सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो ।
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि रहेको छ ।
ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार
तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका-९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।
आत्मनिर्भर बन्ने प्रयासमा चामे गाउँपालिका
मनाङको मुख्य केन्द्रका रुपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
राष्ट्रिय दलित पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा
राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
सामुदायिक विद्यालयको छवि सुध्रिँदै, भर्नाको चाप बढेपछि प्रवेश परीक्षा
सामुदायिक विद्यालयमा भर्ना हुन चाहनेहरूको चाप बढेपछि त्यस्ता विद्यालयले प्रवेश परीक्षा लिएर मात्र विद्यालय भर्ना गर्न थालेका छन् । कतिपय विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि प्रवेश परीक्षा लिनु परेको छ । केही वर्षअघिसम्म सामुदायिक विद्यालयको छवि समाजमा खासै राम्रो थिएन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुँदैन भन्दै अभिभावकले आफ्ना सन्तानलाई सकी नसकी महँगो शुल्क तिर्दै निजी विद्यालयमा भर्ना गरेर पढाउँदै आएका थिए । सामुदायिक विद्यालयमा आफ्ना सन्तानलाई भर्ना गर्नुपर्दा हिनताबोध गर्थे तर पछिल्ला केही वर्षदेखि भने जिल्लाका कतिपय सामुदायिक विद्यालयको छवि निकै सुधारिँदै गएको छ ।
मङ्गलाघाट बजार संरक्षण गर्न तटबन्ध
म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–८ को मङ्गलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्षदेखि थालिएको तटबन्ध निर्माण योजनाको काम अन्तिम चरणमा पुगेको छ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रूपा ताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मङ्गलाघाटको बस्ती र जिल्लाका सरकारी कार्यालयहरूको संरक्षण गर्न करिब १० करोड रुपियाँभन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो । म्याग्दी नदीको कटानबाट मङ्गलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरू जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र डिभिजन वन कार्यालयदेखि माथि मङ्गलाघाट बजारसम्म २६२ मिटर दुरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।
बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको बार पाक सुलीकोट गाउँपालिकाले जनाएको छ ।