• २१ पुस २०८१, आइतबार

ग्लोबल आइएमई बैंक देशकै ठुलो बैंक बन्ने छः अध्यक्ष ढकाल

blog

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौं, पुस १८ गते । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो ।

१८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गर्नुभयो ।

कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताउनुभयो ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको जानकारी दिनुभयो । नेपालमा गरेपछि सबै सम्भव हुने कुरा आफ्नो जीवनीबाट लिन सकिने बताउनुभयो ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पुस २४ गते बुधबारसम्म रहनेछ ।