• २१ पुस २०८१, आइतबार

तोरी उत्पादन बढ्ने आशा

blog

नवलपरासी समाचारदाता

कावासोती, पुस १८ गते । यतिबेला नवलपरासीपूर्वमा जताततै पहेँलपुर भएर लहरै तोरी फुलेको दृश्यले सबैलाई लोभ्याउँछ । सप्रिएको तोरीको बोट हेर्दा यस वर्ष तोरी उत्पादन गत वर्षको तुलनामा वृद्धि हुने अपेक्षा पनि गरिएको छ । 

कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत सञ्जय ढकाल नवलपरासीपूर्वमा यस वर्ष गत वर्षभन्दा बढी क्षेत्रफलमा तोरी खेती गरिएको र उत्पादन पनि राम्रै भइरहेको बताउनुहुन्छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी यहाँका किसान तोरी र सस्र्युं खेतीतर्फ आकर्षित हुँदै जान थालेकाले त्यसलाई प्रोत्साहन गर्न थप योजना बनाउनुपर्ने बताउनुहुन्छ । चार नगरपालिका र चार गाउँपालिका मिलेर बनेको नवलपरासीपूर्वमा करिब चार लाख बासिन्दा रहेका र ८० प्रतिशतभन्दा बढी कृषिमा आबद्ध रहेको केन्द्रका प्रमुख तिवारीको भनाइ छ ।