नब्बे काटेका पनि परिचयपत्रका लागि धाउँदै
“उमेरले ९० काटेँ, घर मेरो पोखरा–२२, पुम्दीभुम्दी हो । पुरानो नागरिकता च्यातिएर अर्को नागरिकता बनाउन पर्छ भन्छन् । नागरिकता हैन अझै अर्को कार्ड के हो कुन्नि त्यो थाहा छैन । वडा कार्यालयले यहाँ जानु भनेर आएको हुँ । अस्ति के मिलेन थाहा भएन आज फेरि आएको छु ।” हातमा लौरो टेकेर अड्डा आउनुभएका पिउरे घर्तीले भन्नुभयो, “भत्ता बुझ्न पनि त्यही कागज चाहिन्छ रे, त्यो भएन भने पाइन्न भन्छन्, त्यही भएर म बुढो मान्छे एक्लै अड्डा धाएको छु ।”
चीनको ‘प्रिकाष्ट प्रविधि’ बाट पृथ्वीराजर्मामा पुल निर्माण (फोटो फिचर)
चीनको कम्पनीले पृथ्वीराज मार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ पुल निर्माण भइरहेको छ ।
पुर्ख्यौली नाचमा रमाउँदै मगर समुदाय
मगर जातिको कला संस्कृति संरक्षणको उद्देश्यसहित पुर्ख्यौली नाचका रूपमा रहेको मारुनी प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाद्वारा बिहीबारदेखि आयोजित सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १२ समूहले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ६० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनोट, पोसाक, अनुशासन जस्ता विधामा पुरस्कृत गरिने छ ।
सेतीको खोच सधैँ खतरा
पोखरा उपत्यकालाई मध्य भागबाट चिरेर बग्ने सेती नदीले पोखरावासीलाई बारम्बार स्तब्ध बनाइरहन्छ । कतै देखिएर र कतै लुकेर बग्ने सेतीको खोच पोखरेलीलाई सम्पदा कम र खतरा बढी साबित भएको छ । अघिल्लो वर्ष यो खोचमा आठ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको हालसम्ममा १० जनाको जीवन खोचमै समाप्त भएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
गोरखामा मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराज भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
म्याग्दीका बालबालिकालाई पूर्ण खोप
हिमाली जिल्ला म्याग्दीका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
प्राकृतिक मनोरम दृश्य
तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि बन्दिपुर पुगिन्छ ।
विकराल बन्दै डढेलो
वन तथा भू-संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।
मनाङको नार गाउँ
समुद्री सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा खेतीपाती र पशुपालन हो ।
दमौलीको धरमपानी गाउँ
तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी गाउँ । स्थानीयको आयआर्जन बढाउन यहाँ घरबास सञ्चालन गरिएको छ ।
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो ।
कक्षा १२ को परीक्षा दिँदै ५७ वर्षीय त्रिपाठी
पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ५७ वर्षीय टीकाराम त्रिपाठी कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ ।
सुरु भयो यार्चागुम्बा सङ्कलन
मनाङको नाम्केखर्कबाट यार्चागुम्बा सङ्कलन सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्चागुम्बा पाइने भए पनि नासोँ गाउँपालिका–८, ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो । यही वैशाख १० देखि करिब दुई सय जना औषधीय जडीबुटी यार्चागुम्बा सङ्कलनको अनुमति लिएर नाम्केखर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना यार्चागुम्बा सङ्कलन गर्न पाइँदैन । अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइन्छ । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासोँ–८ का वडाध्यक्ष याद घलेले यार्चा पाइने नजिकको खर्कबाट वैशाख १० देखि सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा यार्चागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्केखर्क हो ।
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो ।
चामे–नार्पाभूमि सडकखण्डमा काम गर्ने मजुदर मृत अवस्थामा फेला
चामे–नार्पाभूमि सडकखण्डमा काम गर्ने मजुदर मृत अवस्थामा भेटिएका छन् । मनाङ चामे गाउँपालिका–५ ढल्केभीर खण्डमा रोल्पा थवाङ गाउँपालिका–३ मिरुल घर भएका अन्दाजी ४७ वर्षीय सतबहादुर बुढामगर बिहीबार राती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
विद्यालयको तीनतिर पहिरो
नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ । समुद्री सतहदेखि ९२७ मिटर उचाइमा रहेको यो विद्यालयलाई पश्चिमतिरबाट पहिरोले छुन ५०/६० मिटर मात्र बाँकी छ । त्यसै कारण विद्यालयको बिमसमेत चर्किइसकेको छ । पहिरोको त्रासले हरेक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा २४० जना विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा घटेर २२३ जना मात्र भर्ना भएका छन् ।
पोखरा-मुग्लिन सडक विस्तार : पश्चिम खण्डमा २३ प्रतिशत काम पुरा
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा तनहुँको काम तीव्र रूपमा भएको छ । जनशक्ति थप गर्ने, रातको समयमा पनि काम गर्ने र चाडपर्व तथा सार्वजनिक बिदाको समयमा पनि काम सुचारु भएसँगै कामले गति लिएको हो ।
दुई हजार पाँच सय ५३ हेक्टर वन क्षेत्र डढेलोले प्रभावित
गर्मीयाम सुरु भएदेखि नवलपुर लगायत देशभर वनमा डढेलो लाग्ने क्रम बढ्दो छ । चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले मानवीय क्षति नभएपनि वन क्षेत्र बढी प्रभावित भएको छ ।
गोरखामा ट्रिपर दुर्घटना : चार जना घाइते, एकको अवस्था गम्भीर
गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाडाबेशीमा ट्रिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
औलो रोग पहिचान गर्नै मुश्किल
म्याग्दी जिल्लामा आयातित औलो रोगका बिरामीहरु हुनसक्ने सम्भावना भए पनि उचित परीक्षणका लागि प्रयोगशाला नहुँदा समस्या भएको छ ।
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ ।
जङ्गलभरि आगलागी : वासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ ।