लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा
पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।
रकम फिर्ताबारे चासो दिँदै स्थानीय तह
स्याङ्जाका स्थानीय तहले बचतकर्ताको रकम फिर्ताका लागि चासो देखाएका छन् ।
सामुदायिक विद्यालयमा च्याउ खेती
गोरखाको सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले आम्दानीको स्रोत बढाउन च्याउ खेती सुरु गरेका छन् ।
दैनिक २० टन क्षमताको जडिबुटी प्रशोधन केन्द्र
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडिबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मानगरपालिका ५ स्थित कालीगण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रालिले ८ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा हुनु भएको छ ।
सहकारीका प्रबन्धक कुट्ने वडाध्यक्षसहित पाँच प्रक्राउ
सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोककुमार थापाले बताउनुभयो ।
अदालतको आदेश लगत्तै धरौटी बुझाएर पूर्व सांसद गुरुङसहित तीन जना रिहा
पोखरा–४, कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना रिहा भएका छन्।
सूर्यदर्शन सहकारी प्रकरण : सातै प्रतिवादीलाई छाड्न आदेश, कसको धरौटी रकम कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित सातै प्रतिवादीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
उपल्लो मुस्ताङमा पर्यटक बढे
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।
रविको मुद्दामा आदेश लेखन हुँदै, बाहिर कडा सुरक्षा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा थुनछेक बहसका अरु प्रक्रिया सकिएपछि आदेश लेखन हुँदै गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
मातृचक्र–मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ ।
गाउँको विद्यालय : जहाँ सहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।
संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ ।
किसानलाई तरुल बेच्न भ्याईनभ्याई
नवलपुरका किसान तरुल खन्न र बिक्री गर्न व्यस्त छन् ।
रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।
हिउँ परेन, चिसो मात्रै बढ्यो
जलवायु परिवर्तनका कारण समयमै हिउँ नपर्दा विगत वर्षको तुलनामा यस वर्ष मनाङमा ह्वात्तै चिसो बढेको छ ।
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ ।
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ
जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
उपप्रधानमन्त्री सिंहद्वारा तनहुँ महाेत्सवको उद्घाटन
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव सुरु भएको छ।
छेपेटारमा वृद्धाश्रमको भवन निर्माण सकियो
गोरखा नगरपालिका–१० छेपेटारको ठुटेबजारमा रहेको वृद्धाश्रम भवन निर्माण सम्पन्न भएको छ ।
पोखराका तालहरूमा ५३ प्रजातिका जलपंक्षी
तालैतालको सहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौ वटा तालमा गरिएको जलपंक्षी गणनामा ५३ प्रजातिका जलपंक्षी फेला परेका छन् ।
रविको मुद्दामा जवाफी बहस जारी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस जारी छ । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार पनि जारी छ ।
फेदीखोलामा ‘एक विद्यालय, एक उद्यम’
फेदीखोला गाउँपालिकाले ‘एक विद्यालय, अनिवार्य एक उद्यम’ कार्यव्रmमलाई अभियानका रूपमा अगाडि बढाएको छ । विद्यार्थीलाई उद्यम सिकाउने उद्देश्यले गाउँपालिकाले अभियानका रूपमा अगाडि बढाएको हो ।