तनहुँ कारागार १३४ क्षमता, कोचाकोचमा ३२३ कैदीवन्दी
जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
च्याङ्ग्राको पाठापाठी
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङग्राको पाठापाठी चराउँदै स्थानीय कृषक । उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन् ।
उकालो चढ्दाचढ्दै फुर्यो रेशम फिरिरी
विन्ध्यवासिनीबाट बुद्धिबहादुर एक्लै सराङकोटतिर लाग्नुभयो । उहाँ खाली खुट्टा उकालिँदा घरि चराले बेग मारेको देख्नुहुन्थ्यो, घरि किरा उडिरहेको । भोक र थकाइले लखतरान रसिक तन्नेरीलाई करिब दुई घण्टा हिँड्नु नै थियो, उड्न कहाँ सक्नुहुन्थ्यो र ! एकाएक उहाँ गुन्गुनाउन थाल्नुभयो–
आमा लघुकथा सङ्ग्रह विमोचित
जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।
आमाको मुख हेर्ने दिनमा आमाको आँखामा आँसु
आमालाई सम्मान गर्ने, माया–ममता दर्साउने तथा स्मरण गर्ने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा समेत छोराछोरी भेट्न नआउँदा आश्रममा रहेका आमाका आँखामा आँसु आएको छ ।
घरबास सञ्चालनले जीवनस्तरमा परिवर्तन
पछिल्लो समय होमस्टे अर्थात् (घरवास) सञ्चालनबाट राम्रो आम्दानी हुन थालेपछि नवलपुरका महिला आत्मनिर्भर हुन थालेका छन् । सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ ।
कुमाल गाउँमा बालरोग विशेषज्ञ सेवा
पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा रहेको जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । बालरोग विशेपज्ञ डा. विनोद गैरे अस्पतालमा आउनु भएदेखि सो सेवा सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताउनुभयो ।
महिलालाई व्यावसायिक बनाउँदै गल्याङ नगरपालिका
गल्याङ नगरपालिकाले महिलाहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सुरु गरेको छ । पालिकामा रहेका विपन्न, सीमान्तकृत तथा पछाडि परेका महिलाहरूलाई व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम गर्न सुरु गरिएको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारः तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।
जापानको सहयोगमा विद्यालय भवन निर्माण
सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिनुभयो ।
म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण
प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उहाँले भन्नुभयो, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”
आगलागीबाट हजारौँ बोट सुन्तला नष्ट
स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मा आगलागीका कारण हजारौँ बोट सुन्तलामा क्षति पुगेको छ । फल दिने बेला भएका, फल दिँदै आएका र बेर्ना सुन्तलामा आगलागीका कारण नराम्रोसँग क्षति पुगेको हो । सुन्तला सुपरजोन स्याङ्जाका अनुसार पाँच सुन्तला कृषक समूहमा आबद्ध कृषकको लाखौँ क्षति भएको हो ।
लान्द्रुकमा हनी हन्टिङ महोत्सव हुँदै
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७, लान्द्रुकमा हनी हन्टिङ महोत्सव २०८१ हुने भएको छ । पर्यटकीय गाउँ लान्द्रुकमा आउँदो जेठ ८ देखि १० गतेसम्म महोत्सव हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ट्राफिक नियम पालना गर्दा जीवन सुरक्षित हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियमको पालना गर्न सके सबैको जीवन सुरक्षित हुने बताउनुभयो।
'ट्राफिक नियम पालना गर्दा जीवन सुरक्षित हुन्छ'
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियमको पालना गर्नसके सबैको जीवन सुरक्षित हुने बताउनुभएको छ ।
गण्डकी सरकारविरुद्ध कांग्रेसको सर्वोच्चमा रिट
गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, नर्भिकमा लगियो
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ। काठमाडौँबाट मङ्गलबार सिन्धुली हुँदै रामेछाप जिल्लामा कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री सिन्धुलीमा बिरामी हुनुभएको हो।
कालोपत्र गर्न नेपालकै ठुलो ‘हटमिक्स प्लान्ट’ जडान
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठुलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ ।
ट्राफिक सप्ताह सुरु
म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ सुरु गरिएको छ ।
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन
बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका(१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो ।
मकैखेती विस्तार गर्न किसानलाई प्रोत्साहन
केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमको लागि रु. ३६ लाख रुपियाँ लगानी गरिने भएको छ ।
राजमार्गमा हिलो र धुलोले सास्ती
पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा-मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक-याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।