वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु, क्षतिपूर्तिमा १ करोड ३३ लाख खर्च
चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ। अरु १२ जना सख्त र १५ जना सामान्य घाइते भएका चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ।
जलविद्युत छ तर बत्ती बल्दैन
बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् ।
अनुदानको चामल पाउँदा स्थानीय खुसी
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सरकारी अनुदानको खाद्य वितरण गर्न थालिएको छ । लामो समयको प्रयासपछि नगरपालिकामा नागरिकले अनुदानमा खाद्य पाउन सफल भएका छन् ।
कालीगण्डकीका शालिग्राम शिलाको नामकरण गरिँदै
दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामकरण गर्न लागिएको हो ।
गोरखामा ट्याक मार्ग खुलेको ३६ वर्षपछि कालोपत्रे
गोरखा नगरपालिका –५ मानेपानी स्वाँरादेखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको हो ।
देवचुली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव
आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय सङ्गीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो ।
जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।
पोषणयुक्त खाजा बनाउन अभिभावकलाई सचेतना
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोग गर्ने खाजालाई गुणस्तरीय र पोषणयुक्त बनाउनका लागि अभिभावकलाई सचेतना दिएको छ ।
हिलाम्मे सडक
निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्मे सडक ।
एमाले तनहुँको १० औं अधिवेशन सम्पन्न
नेकपा एमाले तनहुँको १० औ अधिवेशन अन्तर्गत सोमबार मतदान सम्पन्न भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण ढिलाइ
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याले गर्दा ढिला भएको छ ।
अश्लील भिडियो बनाएर बेइज्जत गर्ने युवक पक्राउ
गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका – २ बस्ने वर्ष २५ का मन ध्वज घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बुल्दी–चुँदी सरसफाइ
जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि बुल्दी र चुँदी खोला संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । तनहुँ सदरमुकाम दमौलीनिवासी सुदीप गफ्फारलगायत स्थानीय सामाजिक सङ्घ संस्था, टोलवासीको सहयोगमा सो अभियान सुरु गरिएको हो । खोलामा फोहोर फाल्ने, ढल मिसाउने, अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोग व्याधी फैलाएकोले सरसफाइ अभियान सञ्चालन गरेको अभियन्ता गफ्फारले बताउनुभयो ।
पुर्ख्यौली पेसा सङ्कटमा
पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत सिप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । आयातित सामान प्रयोग गर्दा आत्मनिर्भरभन्दा परनिर्भर बन्नु परेको छ भने पुख्र्यौली पेसा लोप हुन थालेका छन् ।
पर्यटन प्रवर्धन गर्दै सर्जक
पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशको सांस्कृतिक र पर्यटन प्रवर्धनमा लेखक/साहित्यकारको विशेष भूमिका छ । पोखराको सुन्दरता बखान गरिएका केही गीत मान्छेको जिब्रामै झुन्डिएका छन् भने पानी रङको सहरका रूपमा यसको पृथक् पहिचान पनि छँदै छ । साहित्यकारहरूले पोखराका समस्या, सम्भावना र सुन्दरता मात्र सिर्जनामा उतारेका छैनन्, अभियानै चलाएर सर्वसाधारणलाई संस्कृति बुझाउने र पर्यटन प्रवर्धन सँगसँगै गर्दै आएका छन् ।
छानबिन गर्न संसदीय समिति बनाउनु ठुलो कुरा होइन : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नु कुनै ठुलो कुरा नहुने बताउनुभएको छ।
फेवाबाट जलकुम्भी हटाउन अभियान
केही अध्ययनको निष्कर्ष छ: अतिक्रमण नरोकिने हो भने अबको सय वर्षमा फेवाताल रहँदैन । फेवाका शत्रु मानवीय र प्राकृतिक अतिक्रमण मात्र होइनन्, यसको सौन्दर्य बिगार्ने कारक बनेको छ जलकुम्भी झार ।
सुन्तला सुपरजोनको अध्यक्षमा अर्याल
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन सञ्चालन समन्वय समिति स्याङ्जाको चौथो अधिवेशनले बोधराज अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित गरेको छ।
सडक ढलान भएपछि यात्रा सहज
बेनी नगरपालिका-६ स्थित राउवडाको बस्ती जोड्ने सडक ढलानसहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ ।
शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा शिक्षक सङ्गठनको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
महिलालाई बोल्ने क्षमता बढाउन भाषणकला तालिम
ग्रामीण भेकमा रहेका महिलाहरू कुनै पनि समारोहमा पुगेर बोल्न हिचकिचाउने समस्या समाधान गर्नका लागि भाषण कला तालिम दिइएको छ ।
बनेका धारा भत्किन थाले तर पानी आएन
खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको जोहो गर्छन् । खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् ।
रुपाताल परियोजनाको काम रोकियो
कास्कीको पोखरा महानगर र रुपा गाउँपालिकाको बिचमा पर्ने रुपातालमा अहिले रुपाताल एकीकृत संरक्षण विकास परियोजना चलिरहेको छ ।