विद्यालय शिक्षा ऐन चाँडै आउँछ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। शुक्रबार सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ ।
कौरा नाचको संरक्षणमा गाउँपालिका
कौरा नृत्य ऋषिङ गाउँपालिकाबाटै सुरु भएकोले यसको संरक्षण संवर्द्धनकाा लागि प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्दै आइरहेको नयाँ पुस्तालाई जानकारी र संरक्षणमा टेवा पुर्याउन डकुमेन्ट्री निर्माण गरिसकिएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।
बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नागरिकको सुरक्षाका लागि स्याङ्जा प्रशासन र स्थानीयतह सहकार्य गर्दै
जिल्लाको सुरक्षा व्यवस्था मजवुत बनाउन स्याङ्जा प्रशासन र जिल्लाका स्थानीय तहहरुले सहकार्य गर्न सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लागु औषधको दुरुपयोगलाई नियन्त्रण, अपराध नियन्त्रण र स्थानीय तहमा शान्ति सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरुसँग सहकार्य गरेको जनाएको छ ।
नवलपुरमा मौरी पालन व्यवसाय फस्टाउँदो
थोरै लगानी र थोरै श्रमबाट समेत राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरी पालन व्यवसाय उत्तम हुँदै जान थालेको छ । घरयासी प्रयोगका लागि मौरी पालन गरिने भए पनि पछिल्लो समय व्यवसायिक रुपमा यो व्यवसाय फस्टाउन थालेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रदेशसभा अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
सिर्कुङगाउँ र नीलगिरि हिमाल
मुस्ताङ, माघ ११ गते । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा नीलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता रहिआएको छ । तस्बिर : रासस
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।
छयसट्ठी हजारले अवलोकन गरे गोरखा सङ्ग्रहालय
गोरखाको ऐतिहासिक ठाउँ गोरखा सङ्ग्रहालयमा झन्डै ६५ हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेका छन् ।
काँक्राको बिउ उत्पादनमा रमाएको गाउँ
पर्वतको दक्षिणी भेगमा पर्ने एक गाउँमा विगत २५ वर्षदेखि काँक्राको बिउ उत्पादन हुँदै आएको छ ।
आगलागीबाट आठ वटा गाई र तीन वटा गोरु जल्यो
उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
अध्यादेशले व्यवसायीलाई लगानी गर्न सहज हुनेछ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले हालै जारी अध्यादेशबाट निजी क्षेत्रका उद्योग व्यवसायलाई लगानी गर्नका लागि सहज वातावरण हुने बताउनुभएको छ ।
सहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
नवलपुरमा १७ हजारभन्दा बढीलाई एचपिभी खोप
नवलपुरका १७ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
आगलागीमा लाखौंको क्षति
अर्जुनचौपारी गाउँपालिका-५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा
भूतपूर्व खेलाडी मञ्चले बर्सेनी आयोजना गर्दै आएको म्याराथन यो पटक पनि हुने भएको छ ।
तनहुँमा १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने
तनहुँमा १४ हजारभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । दुई चरणमा गरी सो खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
मुस्ताङको कालोपानी बजार
मुस्ताङ, माघ १० गते । मुस्ताङको थासाङ गाउँपालिका ३ मा अवस्थित कालोपानी बजार । पछिल्लो केही वर्ष यता कालोपानी बजार पनि मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः रासस