अमेरिकन फौजी किराको प्रकोपले किसान चिन्तित
पालुङटार नगरपालिकाभित्रका सयौँ किसानले लगाएको हजारौं हेक्टर जमिनको मकै बालीमा अमेरिकन फौजी किरा लागेपछि किसानहरु मर्कामा परेका कृर्षि ज्ञानकेन्द्र गोरखाका कार्यालय प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।
वैचारिक बहसमा जुट्नु पर्छ : मुख्यमन्त्री
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गालीगलौज बन्द गरेर वैचारिक बहसमा जुट्नुपर्ने बताउनुभयो । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्म शताब्दी समारोह २०८१’ विचार गोष्ठीमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
तनहुँमा ३० जनाले त्यागे नेपाली नागरिकता
तनहुँमा दुई वर्षमा ३० जनाले नेपाली नागरिकता त्यागेका छन् । रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश रहेकाहरूले उतैको नागरिकता लिएपछि सो सङ्ख्यामा नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम
सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।
एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित
नेकपा एमाले तनहुँको अध्यक्ष हरिराज कँडेल भारी मतान्तर निर्वाचित हुनु भएको छ । १० औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा विष्णुभक्त सिग्देललाई पराजित गर्दै कँडेल निर्वाचित हुनु भएको हो । कँडेलले दुई सय ९२ मत प्राप्त गर्नुभयो भने सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभयो
कोरियाले पोखरालाई ९८ लाख डलर दिने
कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।
सेयर रकम हिनामिना : प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
मेलमिलापकर्तालाई पुनः ताजगी तालिम
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा “मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने नारासहित मेलमिलाप सम्बन्धी पुनः ताजगी तालिम सुरु भएको छ ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
बिपिसीको विद्युत महसुलमा वृद्धि
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा वृद्धि भएको छ । कम्पनीको प्रस्तावमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाउने निर्णय गरेको हो । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुल बढाएको जानकारी गराएको हो ।
कांग्रेस नेता रेग्मीको निधन
नेपाली कांग्रेसका नेता खगेन्द्रराज रेग्मीको निधन भएको छ । स्याङ्जा राजनीतिक आन्दोलनका अग्रज व्यक्तित्व रेग्मीको ७५ वर्षको उमेरमा मङ्गलबार मृत्यु भएको हो ।
कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर
पूर्वी नवलपरासीमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । अरूको सहाराबिना हिँडडुल गर्न समस्या हुनेहरू कृत्रिम हातखुट्टा पाएपछि भने आत्मनिर्भर भएका छन् । लमजुङका २९ वर्षीय विकास तामाङ जन्मँदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निराश उहाँले अहिले कृत्रिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आउनुभएको छ । पाँच वर्षअघि सहज अस्पताल गैँडाकोट र चौधरी फाउन्डेसनले राखेको कृत्रिम हातखुट्टा जडान शिविरमा कृत्रिम खुट्टा राखेको उहाँले बताउनुभयो ।
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।
बालिकालाई गर्भवती बनाउने युवक पक्राउ
जबरजस्ती करणी गरी बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो ।
नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका-११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार गरिएको हो ।
तीन जिल्ला जोड्ने सडक बनाउन मन्त्री गिरी र पूर्वमन्त्री गुरुङ सक्रिय
स्याङ्जाको वालिङदेखि पर्वतको हुवास हुँदै सेतीवेणी जोड्ने सडकलाई व्यवस्थित गर्न स्याङ्जा र पर्वतका नेताहरूले सक्रियता देखाउनुभएको छ ।
कामको गति बढाउन कर्मचारीलाई मुख्यमन्त्री अधिकारीको निर्देशन
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउनका लागि कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ ।
चेक बाउन्सका कारण व्यवसायी र प्रहरी हैरान
पोखरा उद्योग वाणिज्य सङ्घले बढ्दो चेक अनादर (बाउन्स) र यसले निम्त्याएका समस्या एवम् समाधानका उपायबारे विज्ञसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
हिमाली जिल्ला म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु, क्षतिपूर्तिमा १ करोड ३३ लाख खर्च
चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ। अरु १२ जना सख्त र १५ जना सामान्य घाइते भएका चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ।
जलविद्युत छ तर बत्ती बल्दैन
बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् ।
अनुदानको चामल पाउँदा स्थानीय खुसी
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा सरकारी अनुदानको खाद्य वितरण गर्न थालिएको छ । लामो समयको प्रयासपछि नगरपालिकामा नागरिकले अनुदानमा खाद्य पाउन सफल भएका छन् ।
कालीगण्डकीका शालिग्राम शिलाको नामकरण गरिँदै
दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामकरण गर्न लागिएको हो ।