आफ्नै कविता जस्तै जीवन बाँच्ने कवि
रोक्ने को हो दूरदर्शी विचारका धारा को हो नयाँ नेपालको बोक्ने अभिभारा ? जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो ।
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राती भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राती १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।
गैँडासँग पर्यटकको जम्का भेट
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा आफ्नै अगाडि एकसिंगे भाले गैँडा देखेपछि मख्ख पर्यटक ।
शालिग्रामको दोहन रोक्न शिलामै भगवानको नामाङ्कन
कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदीका शिलाको नामाङ्कन सुरु गरिएको छ । आइतबार मोहिनी एकादशीको अवसर पारेर शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो ।
कालाेपत्रे हुँदै पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन विस्तार अन्तर्गत पश्चिम खण्डमा पर्ने म्याग्दे गाउँपालिका–१ गुणादी नजिक सडक कालोपत्रे हुँदै ।
ठेकेदारकाे लापरबाहीले पुल निर्माण अलपत्र
विगत नौ वर्षदेखि मनाङका नासो गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबलपुल ठेकेदारका लापरबाहीका कारण अलपत्र छन् ।
किसानलाई अनुदानमा कृषि एम्बुलेन्स
नवलपुरको मध्यविन्दु नगरपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । मध्यविन्दु नगरपालिका–१ पतवारिमा अवस्थित प्रकृति कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर
जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ ।
निःशुल्क बाल स्वास्थ्य शिविर
नागरिकको आवश्यकता अनुसार घरघरमा स्वास्थ्य सेवा दिँदै आएको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क बाल स्वास्थ्य शिविर गरेको छ । शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच एवम् दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको हो ।
बाघखोरलाई घरबास गाउँ घोषणा
नवलपरासी (बर्दघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ ।
एक सातादेखि बालक बेपत्ता
तनहुँका एक बालक एक सातादेखि बेपत्ता छन् । व्यास नगरपालिका–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ११ वर्षका युकेश रुचाल सम्पर्क विहीन भएका हुन् ।
गौ संरक्षण केन्द्र पर्यटकीय गन्तव्य
तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको गन्तव्य बन्न थालेको छ । यस केन्द्रमा धार्मिक पर्यटनको गन्तव्य हुँदै आर्थिक सहयोग जुट्न थालेपछि गाई पाल्न सहज भएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले सहरबजार तथा बालीनाली भएका जग्गामा छोडिएका गाईको उचित व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
मुस्ताङको एमाले अध्यक्षमा लालचन
नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक
पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्न शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएकाले यस्तो सुरुवात गरिएको हो । शिक्षा सुधार गर्ने अभियान अन्तर्गत यो विधिले केही सुधार हुने अपेक्षा गरेका छौँ ।” उहाँका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । प्रधानाध्यापकले चाहे विद्यालयमा परिवर्तन गर्न सक्छन् भन्ने लागेर उनीहरूको योजना अनुसार नै विद्यालय सुधार प्रस्ताव हेरेर जिम्मेवारी दिने तयारी गरिएको आचार्यले बताउनुभयो ।
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समृद्धिका लागि एमाले नै चाहिन्छ : उपमहासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र बिकासका लागि एमाले बाहेक अरु कसैले पनि नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।
पौडी खेल्न गएका दुई युवकको मृत्यु
बन्दीपुर गाउँपालिका–२ बट्टार, धनुटार स्थित सोले रहमा डुबेर शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले जानकारी दिनुभयो।
सन्ध्यामा फेवाताल
सन्ध्यामा देखिएको पोखराको फेवाताल ।
पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
तनहुँको बन्दीपुर-२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
सरकारी कार्यालयबाट दश अर्ब बढी राजस्व सङ्कलन
तनहुँमा चालु आर्थिक वर्षको १० महिनामा १० अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा १० अर्ब ३४ करोड ९५ लाख ७७ हजार सातसय ५१ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।
तनहुँमा विकास खर्च १० महिनामा ४२ प्रतिशत
तनहुँमा विकास खर्च कछुवा गतिमा भएको पाइएको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा वर्षभरिका लागि छुटाइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ ।
ग्यारेजमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति
स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ ।
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।