गुणबहादुर रोका
सुलीकोट, माघ १२ गते । खानेपानीको कुवामा डुबेर एक बृद्ध मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पालुङटार नगरपालिका – ६ ठुला चौर घर भएकी ६७ वर्षीया वृद्धा कृष्ण माया कामी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर नजिकै रहेको स्थानीयले खाने गरेको ५ फिट गहिरो बुढी कुवामा आज कामीको सब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठाँटी पोखरीको प्रहरी टोली घटनास्थल तर्फ पुगी मृतकको सब उद्धार गरी पोस्टमार्टमकालागि जिल्ला अस्पताल पठाइएको उहाँले बताउनुभयो ।
६७ वर्षीय वृद्धा कामी केही महिना देखि बिरामी भएकाले पनि घटना के कति कारण घटेको हो भन्ने प्रहरी अनुसन्धानबाट मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घट्नाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माको भनाई छ ।