वर्षामा बन्दै छन् काठेपुल
सामान्यतया असार मसान्त अगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने बाध्यतामा हुन्छ। यो बाध्यतालाई मध्यनजर गरेर बजेट सक्ने र काममा आलटाल गरेर सक्ने प्रवृत्ति मनाङको हकमा हट्न सकेको छैन। वर्षायामको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले यो प्रमाणित गर्दछ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश सभा बैठक शुक्रबार, कांग्रेसले बहिष्कार गर्ने
गण्डकी प्रदेश सभाको बैठक शुक्रबारलाई आह्वान भएको छ । वैशाख २३ गते भएको बैठकमा नेपाली कांग्रेसको नाराबाजीबिच मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणापछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो ।
सदरमुकाममा नै छैन पक्की पुल
विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ । जिल्लाको मुटुमा मानिने चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो ।
नवलपुरमा १९ हजार बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै
नवलपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले सबै तयारी पूरा गरेको जनाएको छ ।
अस्पताल भवन बन्ने प्रतीक्षामा मनाङी नागरिक
२०४६ साल फागुन १९ गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको जिल्ला अस्पताल मनाङ यति बेला घर न घाटको अवस्थामा पुगेको छ ।
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।
पर्वतका पाँच हजार बालबालिकालाई आइपिभी खोप
पर्वतमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सबै तयारी पूरा गरेको जानकारी दिएको हो ।
विस्थापितलाई गाउँमै स्थापित गर्न चाहेका छौं
देवघाट गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । समस्त हिन्दु धर्मावलम्बीको पवित्रस्थल देवघाटधाम यसै पालिकामा पर्छ । शान्ति र आध्यात्मिक उन्नयनका लागि अति महत्वपूर्ण क्षेत्रका रूपमा रहेको यो पालिकालाई कालीगण्डकी, त्रिशूली, सेती, मादीजस्ता नदीले सिञ्चित गरेका छन् । जैविक विविधताका दृष्टिले पनि यो पालिका धनी छ । तनहुँ जिल्लाका साबिक कोटा, बैदी, छिपछिपे र देवघाट गाउँ विकास समितिलार्ई समायोजन गरी देवघाट गाउँपालिका
६० महिला खेलाडीलाई क्रिकेट प्रशिक्षण
खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम गरिएको छ ।
कालीगण्डकी कोरिडोरले फेरियो पर्वतको कालापानी
कुनैबेला जिल्लाको कालापानीको रूपमा चिनिने जिल्लाको सुदूर दक्षिणी क्षेत्रमा अहिले सदरमुकामबाट १ घण्टामै पुग्न सकिन्छ ।
गिट्टी बालुवाको ठेक्का नलाग्दा करोडौँ राजस्व गुमाउँदै पोखरा महानगर
पोखरा महानगरभित्र रहेका नदी, खोला र घाटमा ठेक्का लाग्न नसक्दा महानगरलाई यस वर्ष पनि २० करोडभन्दा बढी राजस्व नोक्सानी हुने भएको छ।
पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा
पोखरा-सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्त्वपूर्ण सडक आयोजनाका रूपमा पोखरा-सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ।
देशको कुल गार्हस्थ उत्पादनमा गण्डकीको योगदान नौ प्रतिशत
गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष दुवैमा गण्डकीको योगदान समान रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
गाई र भैँसीका लागि निःशुल्क 'एआई' सेवा
तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानकै गोठमा पुगेर गाई र भैँसीका लागि निःशुल्क कृत्रिम गर्भधान (एआई) सेवा दिएको छ ।
बजेट अभावमा खानेपानी आयोजना अधुरै
बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।
रेग्मीको लोभलाग्दो कागती खेती
तनहुँका एक युवाले दक्षिण कोरियाको रोजगारी छाडेर गाउँमे कागती खेती गरेर लोभलाग्दो कमाइ गर्न सफल हुनु भएको छ । व्यास नगरपालिका –१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले कागती खेतीबाट आफूखुशी रहेको बताउनुभयो ।
आठ वर्षमा पनि सकिएन चराङ–छोसेर खण्ड
कालीगण्डकी कोरिडोरको सडक आयोजना अन्तर्गत चराङ–छोसेर खण्ड अलपत्र छ । ठेकेदारको लापर्बाहीका कारण ठेक्का लगाएको आठ वर्ष हुँदा पनि २५ किलोमिटर दुरीको सडक स्तरोन्नतिले पूर्णता पाउन सकेको छैन । आठ वर्षअघि उक्त खण्डको २५ किलोमिटर सडक स्तरोन्नति गर्न तामाङ–गौरी–पार्वती–कोशी एन्ड न्यौपाने जेभीसँग २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले ठेकेदारको ढिलासुस्तीले सडक निर्माण योजनाले पूर्णता पाउन नसकेको बताउनुभयो । तीन वर्षमा सकिनुपर्ने काम आठ वर्ष बितिसक्दा पनि पूर्णता नपाउनु ठेकेदारको चरम लापर्बाही भएको उहाँले बताउनुभयो ।
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले रु। २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
एमालेले गर्न खोजेको समीकरण हो : मुख्यमन्त्री अधिकारी
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एमालेले गर्न खोजेको समीकरण हो पार्टी एकता होइन, पार्टी एकताको आवश्यकता व्यवहारले गर्दै गयो भने आफैँ हुने बताउनुभएको छ ।
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
पोखरा महानगरपालिका-३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन ।
दोस्रो योजनाको आधारपत्र परिमार्जन
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र परिमार्जन गरेको छ । सरकार परिवर्तन भएपछि प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आधारपत्र परिमार्जन गरिएको हो ।
गैँडाको खाग बिक्री गरेको आरोपमा ६ जना पक्राउ
एक सिंगे गैँडाको खाग खरिद बिक्री गरेको आरोपमा नवलपुरबाट पाँचसहित ६ जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ।