एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ ।
बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री
यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् ।
बस दुर्घटनामा एकको मृत्यु, १३ घाइते
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।
सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
उदीपुर-रिठ्ठेबगर-नौथर सडक अलपत्र
दुई वर्षमा सक्नुपर्ने लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक निर्माण चार वर्ष बित्दापनि पुरा हुन सकेको छैन ।
टाइगर ग्रुपलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा
सशस्त्र प्रहरी बल एपिएफ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
एक करोड बढी लागतमा ‘एक घर एक धारा’ अभियान
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् ।
पहिलो खेलमा सहारा र पुलिस भिड्ने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक साहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबिच हुने भएको छ ।
आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक
माघ २२ देखि पोखरा रङ्गशालामा सञ्चालन हुने २४ औं आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
करेन्ट लागेर वृद्धाको मृत्यु
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
फुल्न थाल्यो गुराँस
मकवानपुरको भीमफेदी, सिमभञ्ज्याङ र दामन क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पुस अन्तिमदेखि नै जिल्लाको विभिन्न स्थानमा गुराँस फुल्न थालेको हो । यहाँ विभिन्न प्रजातिको रातो, सेतो र घ्यू रङ्गको गुराँस पाइन्छ ।
पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट
गोरखामा एक पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको छ । गोरखा नगरपालिका – १० छेपेटारको तारामाबिस्थित रामशरण पोखरेलको जस्ताले छाएको पसलभित्र आगो लाग्दा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।
बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू
जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।
माघमै फुल्यो भकिम्लीमा गुराँस
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ ।
समृद्धिका लागि नेपालीबिच एकता आवश्यक : प्रमुख भट्ट
तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका लागि सबै नेपाली बिचको एकता आवश्यक हुने बताउनु भएको छ ।
नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै
स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।
पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार र सम्मान
प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । त्यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने प्रेस चौतारी कास्कीले जनाएको छ ।
आर्मी र पुलिस पहिलो क्वालिफायरमा
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
किसानलाई सात दिने कृषि तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कार्यान्वयन एकाइ गोरखाले सुन्तला जातको फलफूलको बगैंचा व्यवस्थापन सम्बन्धी सुन्तला खेती गर्ने किसानलाई तालिम दिएको छ ।
घरमै पुगेर मृत्यु दर्ताको प्रमाणपत्र वितरण
गोरखाको शहिद लखन गाउँपालिका–७ को वडा कार्यालयले घरमै पुगेर मृतकको मृत्यु दर्ता प्रमाणपत्र दिन सुरु गरेको छ ।
विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम
राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
मनाङका किसान सामूहिक खेतीमा आकर्षित
जिल्लाका किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छने । खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।