गुणबहादुर रोका
सुलीकोट, माघ १७ गते । गोरखाको शहिद लखन गाउँपालिका–७ को वडा कार्यालयले घरमै पुगेर मृतकको मृत्यु दर्ता प्रमाणपत्र दिन सुरु गरेको छ । पालिकाको वडा नम्बर ७ मा मृत्यु हुने बित्तिकै वडा कार्यालयले मृतकको घर परिवारमा गएर मृत्यु दर्ताको प्रमाणपत्र दिन सुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
"वडाले पहिलो पटक मृत्युको घटना भएको घरमा पुगेर मृत्यु दर्ताको प्रमाणपत्र दिइएको छ", वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जसले मृत्यु भएको घरपरिवारलाई वडा कार्यालयसम्म पुग्नु पर्ने बाध्यतालई अन्त्य गर्दै हरेक दुःख सुखमा वडा कार्यालय वडाबासीको साथमा रहृेको सन्देश दिन वडा कार्यालयबाट निर्णय गरिएको हाे ।”
वडाको निर्णय अनुसार पहिलो पटक मृत्युको घट्ना भएको घरमा वडा सचिवसहितको टोलीले वडा नम्बर ७ को बुङकोटस्थित गरञ्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
"अबदेखि निरिन्तर रूपमा मृतकको घरमा पुग्ने गर्दछौं", वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “शोकमा परेका मृतकका घरपरिवारलाई सम्वेदना, भेटघाटका साथै मृत्यु दर्ता प्रमाणपत्र ले सामाजिक सुरक्षा भत्ता लगाएतका विभिन्न सुविधा लिएका वडावासीको मृत्यु भएमा तत्काल लगत कट्टा हुने हुदाँ दोहोरपन तथा चुहावाटको समस्या निराकरण हुने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।”
अहिलेसम्म वडा कार्यालयले बक्रेश्वरीको भद्र कुमारी श्रेष्ठ र खाप्दी भञ्ज्याङको बिपना वस्तीको मृत्यु दर्ताको प्रमाणपत्र घरमै पुगरे वडा कार्यालयले उपलब्ध गराएको छ ।