जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ
जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ पर्नुभएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रमुख थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
पुराना चौताराका रुख काट्नेलाई कारबाही
महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण सङ्कलन गरिरहेको र अनधिकृत रूपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचित गरिएको छ ।
भच्चेक–खरीबोट–अपुन हुँदै ओलाङ सडक कालोपत्रे हुने
गोरखाको अजिरकोट गाउँपालिका – ३ भच्चेकबाट खरीबोट अपुन हुँदै ओलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । अजिरकोट गाउँपालिकाको भच्चेक मुख्य पर्यटकीय गन्तव्य हुनुका साथै गोरखा क्षेत्र नम्बर २ अन्तर्गत अन्तिम गाउँ ओलाङसम्म सहज पुग्न ६.५० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।
मर्मत हुन सकेन ऊर्जा केन्द्र
हुप्सेकोट गाउँपालिका–५, धौबादीमा रहेको हावाबाट बिजुली निकाल्ने वायु ऊर्जा केन्द्र मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । एक दशकअघि धौबादीडाँडास्थित रुद्रपुरमा नमुना योजनाका रूपमा हावाबाट
त्रिशूली नदीमा बेवारिसे शव फेला
गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुयभो ।
गैँडा स्थानान्तरणको काम सुरु
चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । पहिलो दिन पश्चिम सेक्टरमा रहेको कावासोती–१५ मा पर्ने गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन
आँबुखैरेनी अध्यक्ष कपको उपाधी प्रहरीलाई
तनहुँको आबुँखैरेनी गाउँपालिकाको आयोजनामा गरिएको दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ ।
बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष उहाँ आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत हुनुभएको थियो ।
सडक निर्माण गति लिँदै
मनाङमा सडक चौडा गर्ने कार्यले निरन्तरता पाएको छ । विशेष गरी जाडो चिसोको समयमा सिमेन्टजन्य कार्य प्रभावकारी नभए पनि मनाङ सडक निर्माण कार्यले गति लिएको छ ।
तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।
ग्यास ट्याङ्कर दुर्घटनामा भारतीय नागरिकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारी, गोल्लामा भारतीय ग्यास बुलेट ट्याङ्कर दुर्घटना हुँदा भारतीय नगरिकको मृत्यु भएको छ ।
कावासोती १ का वडाध्यक्षको हृदयाघातबाट निधन
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो।
बिसौनी मोड-गोरखा क्याम्पस जाने सडक स्तरोन्नति
गोरखाको बिसौनी मोडदेखि गोरखा क्याम्पस सडक अन्तर्गत भिआइपी बस्तीमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
बस र माइक्रो ठोक्किँदा एकको मृत्यु, ९ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ डिभिजन वन कार्यालय नजिकै बस र इभि हाइस एक आपसमा ठक्कर खाँदा हाइसमा सवार १ जनाको मृत्यु भएको छ ।
गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने
गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भएको छ ।
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा
आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताउनुभएको छ । बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उहाँले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
‘देश विकास सरकारको प्रमुख लक्ष्य हो’
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ। शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो ।
हराएको दुई सातापछि गुरूङको शव फेला
हराएको दुई सातापछि लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ मृत अवस्थामा भेटिनुभएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालुङटार नगरपालिका प्रथम
गोरखामा रहेका ११ वटा स्थानिय तहहरू मध्ये पालुङटार नगरपालिक सबै भन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा प्रथम भएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा पालुङटार नगरपालिकाले ९५.९७ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो ।
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् ।
प्रयोगविहीन मनाङको हुलाक सेवा
कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा मनाङका सबै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो ।
वडामै योजना सम्झौता : समय र खर्चको बचत
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।