अमरराज नहर्की
तनहुँ, माघ २० गते । तनहुँको आबुँखैरेनी गाउँपालिकाको आयोजनामा गरिएको दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।
प्रतियोगितामावडा नम्बर ३ को टिम उपबिजेता भएको थियो । रामशाह माविको खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । बिजेता र उपबिजेता टिमलाई आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले सयुक्त रुपमा नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ माघ १८ गतेदेखि आयोजित प्रतियोगिताको शनिबार फाइनल खेल भएको थियो । विजेताले २५ हजार नगद र उपविजेताको १५ हजार नगद प्राप्त गरेको छ ।