म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।
यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर एक घाइते
मनाङमा यार्चागुम्बा टिप्ने क्रममा भीरबाट लडेर एक युवक घाइते भएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–६, तर्केनी लेकमा यार्चागुम्बा खोज्ने क्रममा अचानक लडेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२, पोखरीका शेरबहादुर गुरुङ घाइते हुनुभएको हो ।
पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु
पोखरा महानगरमा पर्ने पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्रे सुरु गरी शुक्रबार काम सकेको हो । १७४ किलोमिटरको पृथ्वी राजमार्गको करिब २० किलोमिटर कास्की क्षेत्रमा पर्छ । शुक्रबारसम्म राजमार्गको पश्चिम खण्डमा एकतर्फी १८ किलोमिटर कालोपत्रे भएको छ । सडक विभागले आफूहरूलाई दिएको लक्ष्य पूरा भएको र अब वर्षापछि मात्रै कालोपत्रे गरिने अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
बलात्कार आरोपमा एक पक्राउ
गोरखामा नाबालिका बलात्कार गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ बस्ने ४५ वर्षीय भगीरथ भन्ने कृष्ण प्रसाद सोडारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीको रकम हिनामिनामा मुछिएका सांसदसहित ३५ जनाविरुद्ध मुद्दा
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटालाका आरोपविरुद्ध अदालतमा मुद्दा दायर हुने भएको छ।
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुईँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठुलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ ।
घ्याम्पेसाल-पाँचखुवा-देउराली-ताकुकोट सडक खण्ड कालोपत्रे हुँदै
गोरखाको भीमसेन थापा गाउँपालिकादेखि बारपाक सुलीकोट गाउँपालिकासम्म पुग्ने घ्याम्पेसाल-पाँचखुवा-देउराली-ताकुकोट सडक खण्ड कालोपत्र हुने भएको छ ।
गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा
गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त हुनुभएको छ । बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध हुनुहुन्छ ।
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुग्नुभयो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उहाँको पालो आएन ।
भाँचिएको काप्राको हाँगा लागेर एकको मृत्यु
गोरखामा रुख भाँचिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका –४ ताक्लुङका ५० वर्षीय गिरबहादुर राना रहनुभएको प्रहरीले जनाएको छ ।
कास्कीमा हावाहुरीले १४ घरमा क्षति
कास्कीको रुपा गाउँपालिकामा बिहीबार साँझ अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । रुपा गाउँपालिका १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
ढोरपाटन उपत्यका
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका । नेपालको एक मात्र सिकार आरक्षको कार्यालय रहेको ढोरपाटनमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् ।
गलकोटमा रोपाइँको चटारो
देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।
महिलालाई आत्मनिर्भर बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ ।
लोकमार्ग निर्माणले लेखनाथमा खानेपानीको समस्या
पोखरा महानगरको साबिक लेखनाथ क्षेत्रमा अहिले खानेपानीको आपूर्तिमा समस्या भएको छ । यहाँ वितरण गरिने पानीको मूलनजिक मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा थुप्रिएको ढुङ्गा, माटोका कारण पानीको वितरण प्रणाली प्रभावित बनेको हो ।
सिद्धार्थ राजमार्गको स्तरोन्नति हुने आशा
जीर्ण अवस्थाको सिद्धार्थ राजमार्ग स्तरोन्नतिको पर्खाइमा छ । सुनौलीदेखि पोखरासम्म १८० किलोमिटर सडकमध्ये पहाडी क्षेत्रको सडक बिग्रिएको अवस्थामा छ । दलको चुनावी एजेन्डा बन्दै आएको यो राजमार्ग अब भने बन्छ कि भन्ने आशा पलाएको छ । वालिङ–१० का राजु खनाल भन्नुहुन्छ, “आगामी वर्षको बजेटमा राजमार्गको विषय उल्लेख भएको छ, अब भने पक्कै स्तरोन्नति हुन्छ होला ।” कार्यक्रममा यसअघि पनि पर्ने गरेको तर आवश्यक बजेट नआउने गरेको भन्दै खनालले महत्वपूर्ण सडकलाई राज्यले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।
आरोही बस्ताकोटीको निधनले स्तब्ध
घरबाट छोटै यात्रामा जान पनि साइत निकाल्ने, आफन्तले बिदाइ गर्ने चलन छ । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । लगत्तै केही फोटो र भिडियोसमेत बस्ताकोटीले फेसबुकमा पोस्ट गर्नुभएको थियो । जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेको विनोदबाबुको सफलताले खुसी भएका परिवारजनको उत्साह लामो समय रहन पाएन । बेला बेलामा सगरमाथा चढ्छु भनी परिवारमा भन्ने गरेको तर परिवारले जान नदिने भएकाले कसैलाई नभनी गएको हुन सक्ने तिवारी बताउनुहुन्छ ।
हावाहुरीले तनहुँको तीन सय घरको छाना उडायो, लाखौँको क्षति
तनहुँमा बिहीबार दिउँसो र साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
बेनीमा बिहीबार सम्पन्न रु दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो । यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।
नारायणघाट–बुटवल सडकमा चरम लापरबाही, एक साताभित्र मर्मत गर्न निर्देशन
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन दिनभित्रमा काम सुरु गरेर एक हप्ताभित्र मर्मतको काम सक्न निर्देशन दिनुभएको हो ।
नीति तथा योजना आयोग उपाध्यक्षमा डा. देवकोटा
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार भएको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्र्ने निर्णय गरेको हो ।
फेवातालबाट पर्यटकको उद्धार
कास्कीको फेवातालमा बिहीबार दिउँसो अचानक आएको हावाहुरीका कारण तलबिच अलपत्र एक पर्यटकको उद्धार गरिएको छ।
'राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरी छ'
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो ।