रामकृष्ण बोहरा
बागलुङ, माघ २३ गते । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल निर्विरोध रुपमा चयन हुनुभएको छ । मङ्गलबार राति सम्पन्न शाखाको २० औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन हुनुभएको हो ।
अधिवेशनबाट चौतारीको उपाध्यक्षमा अर्जुन कार्की, महिला उपाध्यक्षमा संगिता रेग्मी, सचिवमा रोहन जिसी, सह–सचिवमा कृष्ण संयोग, समावेशी सह–सचिवमा लक्ष्मी परियार, कोषाध्यक्षमा रूद्र गौतम, सदस्यहरुमा अनिश पाठक, सुनिल राना, सन्देश खरेल, दिपिका खड्का, कृष्ण कुमार सैजु, गोपाल बुढा, सुजन रेग्मी र प्रबेश पौडेल चयन हुनुभएको प्रेस चौतारी बागलुङका निवर्तमान अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।
यस्तै, अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा हरिनारायण गौतम, सिर्जना पन्त, उमाकान्त शर्मा, राम बहादुर जिसी र रामकृष्ण बोहरा चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा खेमराज गौतम ‘सुवास’, राम खत्री र मन कुमारी केसी चयन हुनुभएको छ ।
अधिवेशनलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा इमान्दारिता र क्रियाशिलता आवश्यक रहेको चर्चा गर्दै देश र समाज रुपान्तरणका लागि पत्रकारिता महत्त्वपूर्ण पेशा भएकाले इमान्दार र क्रियाशिल हुनुपर्ने बताउनुभएको थियो । ‘‘जनताले पत्रकारबाट धेरै अपेक्षा राखेकाले जनचाहना अनुसारको समाज निर्माण गर्न पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’ बस्नेतले भन्नुभयो ।