• १९ माघ २०८१, शनिबार

बिसौनी मोड-गोरखा क्याम्पस जाने सडक स्तरोन्नति

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ १९ गते । गोरखाको बिसौनी मोडदेखि गोरखा क्याम्पास सडक अन्तर्गत भिआइपी बस्तीमा सडक स्तरोन्नतिको काम सुरु भएको छ । गोरखाको एकमात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पस जाने सडक गत असोज महिनामा आएको अबिरल वर्षाले सडक २० मिटर भासिएपछि ४ महिना पछि उक्त सडक स्तरोन्नति सुरु भएको हो । 

उक्त सडकखण्ड मर्मत सम्भारको तथा स्तरोन्नितका लागि जोखियुक्त पहिरो नियज्त्रण कार्यालयबाट ८५ लाख बजेट विनियोजना भएको गोरखा नगरपालिकाका ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । २० मिटर तल भासिएको स्थानमा चेक डयाम निर्माण पनि भइसकको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

सडक निर्माण योजना ६ महिनामा सम्पन्न हुने गरी गोरखा नगरपालिका र बेलबोट निर्माण जेभीसँग ८५ लाख रुपियाँमा ठेक्का सम्झौता भई काम अघि बढेको गोरखा नगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता भए लगत्तै काम अघि बढिरहेको बताइएको छ । 

सडक जिर्ण, साँघरो र सडक भासिएपछि बिसौनीमोड, बतासे डण्डीडाडाँ हुँदै गोरखा क्याम्पस जाने सडकमा आवतजावतमा समस्या भएपछि गोरखा नगरपालिकाले सिँचाइ मन्त्रालय अन्तर्गत जोखिमयुक्त पहिरो नियन्त्रण कार्यालय ललितपुरसँग बजेट माग गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानाले बताउनुभयो । 

अहिले ठेक्काको म्याद असार मसान्तसम्म भए पनि यहि चैतसम्म सम्पन्न हुने गरी काम अघि बढाइएको छ, प्रमुख रानाले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि नगरवासी, क्याम्पस जाने विद्यार्थी र ७ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने विश्वास छ ।”