अमरराज नहर्की
तनहुँ, माघ २० गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारी, गोल्लामा भारतीय ग्यास बुलेट ट्याङ्कर दुर्घटना हुँदा भारतीय नगरिकको मृत्यु भएको छ । मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ न. को ग्यास बुलेट ट्याङ्कर दुर्घटना हुँदा मृत्यु भएको हो ।
सडकको घुम्तिको कुनामा पल्टिन गई दुर्घटना हुँदा उक्त ट्याङ्करको चालक भारतको विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने वर्ष ३६ को श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
शनिबार साँझ ८ः२२ दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताउनुभयो । शव सोही अस्पतालको शव गृहमा राखिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ट्याङ्कर दुर्घटना हुने वित्तिकै प्रहरीले उद्धार गरी उपचारका लागि दमौली अस्पतालमा लगेको थियो ।