• ८ माघ २०८१, मङ्गलबार

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, माघ ८ गते ।
गोरखामा स्कुटर दुर्घटना हुदाँ एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अजिरकोट गाउँपालिका – ३ भच्चेक स्थायी घर भई अस्थाई रुपमा पालुङटार नगरपालिका – ५ बसोबास गर्दै आएका २४ वर्षीय सुरेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालङटार नगरपालिका – ५ स्थित हबाई ग्राउण्ड तर्फ जाँदै गरेको बा ८२ प २१९९ नम्बरको स्कुटर मङ्गलबार बिहान ६ः३० बजे अनियन्त्रित भई दुर्घटना हुदाँ गुरुङको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

घटना भएलगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले घटनस्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।