• ३० असार २०८२, सोमबार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

गलकोट नगरपालिका–११ रिघाको काउछेमा (मध्यपहाडी लोकमार्ग) सडक माथिबाट खसेको पहिरो । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), असार ३० गते पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गतको बागलुङ–गलकोट खण्ड अवरुद्ध भएको छ ।

आइतबार राति परेको वर्षाका कारण गलकोट नगरपालिका–११ रिघाको काउछेमा सडक माथिबाट खसेको पहिरोको कारण लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको अस्थायी ट्राफिक पोष्ट खर्बाङका ट्राफिक प्रहरी हवल्दार प्रकाश गिरीले जानकारी दिनुभयो ।

लोकमार्ग अवरुद्ध हुँदा जाजरकोट, रुकुम, रोल्पा, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँ जाने र बिहुँ, गलकोट, ताराखोलादेखि बुटवल जाने सवारी साधन बाटोमै रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुलाई दृष्टिगत गर्दै लोकामार्ग खुलाउने प्रयास भइरहेको प्रहरी हवल्दार गिरीले बताउनुभयो ।