टेलिकमको टावर निर्माण गर्न सञ्चारमन्त्रीलाई ध्यानाकर्षण
नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
काठेपुल तर्नुपर्ने बाध्यता
हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कालीगण्डकी नदीमा साँघु तर्दै स्थानीयवासी। यस भेगका करिब आधा दर्जन बढी गाउँका स्थानीय बासिन्दाहरु एउटा बलियो पुल नबन्दा दशकौँदेखि काठेपुल (साँघु) तर्न बाध्य छन् ।
न सडक न बत्ती, सधैँ अँध्यारोमा नार्पाभूमि बस्ती
गण्डकी प्रदेशको उज्यालो अभियानले मनाङको नार्पाभूमि गाउँपालिकालाई अहिलेसम्म छुन सकेको छैन । त्यसैगरी सडक सञ्जालका सन्दर्भमा पनि अहिलेसम्म प्रदेश सरकारको एक रुपियाँ पनि खर्च भएको छैन ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव
गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ ।
मगर समुदायको 'थाली नाच'
करिब सात दशकअघि म्याग्दीको रघुगङ्गा गाउँपालिका, ७ चिमखोलाबाट सुरुवात भएको थाली नाच अहिले देश तथा विदेशमा लोकप्रिय बनेको छ ।
क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक विभाग नयाँ भवनमा सरेको छ । बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्तरुपमा सो भवन उद्घाटन गर्नुभएको हो ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह (तस्बिरहरु)
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरू भएकाे छ ।
धारिलो हतियार प्रहारबाट वृद्धको मृत्यु
धारिलो हतियार प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार गोरखा नगरपालिका – ६ काँडेझयाङस्थित बारीमा ८५ वर्षीय तोपबहादुर पाठकको धाँरिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ध्रुबकुमार शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीद्वारा स्वास्थ्यविज्ञान प्रतिष्ठानका भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओली पोखरामा
प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन बिहीबार अपराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्नुभएको छ ।
हराए ‘पोखराको सम्झना’
पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ ।
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका
यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।
हिमाल र लोकमार्ग
कास्की, माघ ३ गते । मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
जोमसोम बजार र नीलगिरि हिमाल
मुस्ताङ, माघ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी किनारबाट देखिएको जोमसोम बजार र पृष्ठभूमिमा नीलगिरि हिमाल । तस्बिर ः रासस
सिक्लेस गाउँ
कास्की, माघ ३ गते । कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छन् । तस्बिर ः रासस
अल्लोको कपडा बुन्दै
म्याग्दी, माघ ३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षीया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सव स्थलमा प्रदर्शनीमा राखेको छ । तस्बिर ः रासस
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
पहाडी सडकको बिजोग
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म स्तरोन्नति हुने कुनै छाँटकाँट नै देखिँदैन ।
बिहान सवारी चलाउनै कठिन
घाममाथि आइसक्ने बेलासम्म पनि तराईमा उज्यालो देखिँदैन ।
नगर अस्पताल सञ्चालन
नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् ।
संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’
म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ ।