पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना पक्राउ
पर्यटकीय सहर पोखराको विभिन्न स्थानमा पर्यटकलाई दुःख दिने, हैरान पार्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीको हत्या आरोपमा पक्राउ
पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
नारायणगढ बुटवल सडक विस्तार
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ। नारायणगढ–बुटवलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर वि सं २०७५ चैत ८ देखि निर्माण सुरु भएको थियो ।
खडेरीले किसानको बारी बाँझै
लामो खडेरीले गर्दा तनहुँका किसानले यस वर्षको मकै लगाउन पाएका छैनन् । वैशाखको पहिलो सातामै रोपिसक्नुपर्ने मकै पानी नपर्दा अधिकांश खेत बाँझै छन् ।
डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यता हट्यो
तनहुँको सदरमुकाम दमौलीमास्थित दमौली अस्पतालमा मिर्गौला खराब भएका बिरामीलाई डायलासिस सेवा लिन अब पालो कुर्नु नपर्ने भएको छ। दमौली अस्पतालले तीन वटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचिमा रहेका सबैले सेवा पाएका छन् ।
गण्डकीमा दुई मन्त्री थप
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अधिकारीले आफ्नो पार्टीबाट सांसदहरू सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
पोखरा महानगरले प्रशिक्षार्थी विद्यार्थी परिचालन गर्ने
पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ।
इजाजतपत्र दिन सकिन्न, वैकल्पिक व्यवसाय रोज्नु
चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने माझी, मुसहर र बोटे समुदायलाई थप (इजाजतपत्र) लाइसेन्स नदिने भएको छ ।
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।
सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड
फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने भएको छ ।
दुई महिनादेखि विद्युत उत्पादन बन्द, दैनिक आठ लाख घाटा
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।
तस्बिरमा लोमान्थाङमा तिजी पर्वको उल्लास
उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व सुरु भएको छ । लोमान्थाङवासीहरुले तिजी पर्वको अवसरमा यहाँको मौलिक कला संस्कृति प्रदर्शन गरेका छन् । तिजी पर्वका कारण लोमान्थाङमा रौनक छाएको छ ।
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
तनहुँको भीमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
परिश्रम नै सफलताको सूत्र
मेहनत गरे यही देशमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सफल दृष्टान्त हुनुहुन्छ पोखरा–२५ हेम्जा निवासी घनश्याम तिमिल्सिना । नौ वर्र्षसम्म अरबको खाडीमा पसिना बगाउँदै गर्दा यो पसिना आफ्नै देशको माटोमा सिँचन गर्नु पर्छ भन्ने सोच बोकेर उहाँ स्वदेश फर्कनुभयो । २० वटा गाईबाट पशुपालन सुरु गर्नुभएका ४० वर्षीय तिमिल्सिनासँग अहिले गाईभैँसी र बाख्रा गरी ३७० पशुचौपाया रहेका छन् । उहाँको फार्मबाट दैनिक एक हजार दुई सय लिटर दुध उत्पादन हुने गरेको छ भने दुधको मात्रै दैनिक एक लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ । युवाका लागि प्रेरणाको स्रोत बन्नुभएका तिमिल्सि
डढेलो लगाएको आरोपमा पक्राउ
कास्की प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
मारुनी नाच्दै, शिक्षक पाल्दै
धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर संस्कृति मात्र जोगाएका छैनन् सामुदायिक विद्यालयका शिक्षकको तलबसमेत जुटाइरहेका छन् । गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको छ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको बहुमत भएको घोषणा गर्नुभयो ।
पोखराको हर्पन खोलामा डुबेर किशोरको मृत्यु
पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा डुबेर किशोरको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका १४ वर्षका किशोर सोनम सुवेदीको बेपत्ता भएकोमा दिउँसो २ः३० बजेतिर शव फेला परेको हो ।
गाउँमै उपचार पाएपछि स्थानीय खुसी
गाउँमा नै दाँत उपचार गर्न पाएपछि पुतलीबजार नगरपालिका–१३ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ५३ जनाको दाँतको उपचार गरेको हो ।
तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)
मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।
गोर्खा स्मारक निर्माणमा चासो
निर्माण थालेको १० वर्षसम्म सुस्त गतिमा रहेको फेदिखोला गाउँपालिका १ साल्मेडाडाँ रामकोटको गोर्खा स्मारक निर्माणमा सबैको चासो गएको छ।
स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।
गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलब अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ ।
४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर
शिरमा ढाका टोपी, शरीरमा पसिनाले निथ्रुक्क भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा । हुर्कदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उहाँमा ।