• ९ वैशाख २०८२, मङ्गलबार

बाँकेमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, पुस  २८ गते । बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

आइतबार साँझ जानकी–३ इन्दरपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ट्याक्टर दुर्घटनामा परेर नेपालगन्ज –१६ जैसपुरका अन्दाजी ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो । 

अन्सारी ट्याक्टरमा मजदुरी गर्दै आउनु भएको थियो । घाइते ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 

नेपालगन्जदेखि करमोहना तर्फ जाँदै गरेको  भे १ त ९८२६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बॉकेले जनाएको छ । सो कार्यालयका अनुसार ट्याक्टरले सरिया लोड गरेर करमोहना जाने क्रममा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।