गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।
गस्तीमा रहेका असई कुट्ने दुई युवा पक्राउ
स्याङ्जाको वालिङमा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका–१३ मा रहेको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज असई मोहन सिंह डिउटीमा हुँदा राती १० बजे कुटपिट भएको प्रहरीले जनाएको छ ।
खस्रेभिरमा मह सिकार
गोरखाको अजिरकोट–२, ओलाङगाउँस्थित करिब आठ सय मिटर उचाइमा रहेको डरलाग्दो खसे्रभिरमा डोरीको सहायताले भिरमौरीको मह सिकार ‘हनी हन्टिङ’ गरिएको छ । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बिहीबार ओलाङवासीमध्ये भिरमा डोरीको सहायताबाट मह झिक्न सक्ने ११ जना दक्ष अनुभवी व्यक्तिको सहायताले मह सिकार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भिरमौरीको मह उत्पादन गर्ने सही समय भएकाले झन्डै छ पाथीभन्दा बढी मह सङ्कलन गरिएको छ । जटिल भिरमा जाँदा पनि जम्मा पाँच वटा गोलाको मात्र मह सङ्कलन भएको छ । अझै केही गोलाको महको सिकार नगरिएको उहाँले बताउनुभयो ।
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
दमौली अस्पतालमा शल्यक्रिया सुरु
दमौली अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पु¥याउन बाध्यता थियो । जनशक्ति अभावले बन्द गरेको शल्यक्रिया सेवा २० महिना पछि सुचारु गरिएको अस्पतालले जनाएको छ ।
फुतफुते झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुुते झरनामा पर्यटकको चहलपहल । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरनामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ ।
अझै खण्डहर छ खारापानी
चर्चित उखानलाई विश्वास मान्ने हो भने १२वर्षमा खोलो फर्किन्छ तर कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को खारापानीका लागि यो उखान अपवाद हो । २०६९ वैशाख २३ गते बिहान आएको सेती नदीको बाढीले खारापानी बजारलाई बगर बनाउनुका साथै ६५ जनाको ज्यान लिएको थियो । सो घटनापछि बजार पुनर्निर्माण भएको छैन । खारापानी अझै खण्डहर छ ।
पोखरामा रवीन्द्र अधिकारीको सम्झना
कास्कीका नेता एवम् पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको शनिबार पोखरामा सम्झना गरिएको छ। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको वि.सं. २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ ।
बिचौलियाको मारमा किसान र उपभोक्ता : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताहरू बिचौलियाको मारमा परेको बताउनुभएको छ ।
खानेपानीका मुहान सुकेपछि जिल्लाभर पानीको हाहाकार
पर्वतको अधिकांश स्थानीय पालिकामा रहेका पानीको मुहान सुकेपछि गाउँघरमा पिउनेपानीको हाहाकार हुन थालेको छ ।
गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण
क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लीयपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो ।
वायु प्रदूषणले आँखाका बिरामी बढे
चाप बढेको छ ।वायु प्रदूषणले तनहुँमा आँखाका बिरामी बढेका छन् । यतिबेला जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको छ ।
बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै
पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमुना गाउँ सभा प्रशिक्षण सुरु भएको छ ।
अन्नपूर्ण आरोहण मार्गको प्रवर्द्धनमा गाउँपालिका
म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने मार्गको प्रवर्द्धनमा जुटेको छ । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र त्यहाँ पुग्ने पदमार्ग भर्जिन गन्तव्य हो ।
फेवातालमा डुङ्गा सरर
पोखराको फेवातालमा डुङ्गा चढेर ताल बराही मन्दिर जाँदै आन्तरिक तथा बाह्य पर्यटक ।
कालीगण्डकीको किनारै किनार सडक
गण्डकी प्रदेशको गौरवको आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकामा निर्माण भएको सडक । कालीगण्डकीको किनारै किनार शालीग्राम कोरिडोर सडक निर्माण भइरहेको छ ।
भिरमा पदमार्ग निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–५ कुरसिम्लादेखि पाखु जाने बाटोमा पर्ने गौडाको भिरमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउँदै स्थानीयवासी । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो ।
‘कृषि उत्पादनलाई बजारको समस्या हुँदैन’
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषि उत्पादनलाई बजारीकरणको समस्या नहुने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि उपजको सङ्कलन तथा बिक्री गर्नका लागि कृषि उपज केन्द्रको संरचना निर्माण कार्य थालिएको हुँदा बजारको समस्या नहुने उहाँको भनाइ थियो ।
लोप हुँदै ठेकी निर्माण
हातको सहयोगमा निर्माण गरिने काठको ठेकी लगायतका सामाग्री हिजोआज लोप बन्दै गएको छ ।
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली पुगेर फर्केको छ ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उदघाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो ।