• ११ माघ २०८१, शुक्रबार

बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, माघ ११ गते ।
विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत पुस २६ गते किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई माघ १० गते चितवनबाट पक्राउ गरिएको डीएसपी पौडेलले बताउनुभयो ।

ट्युसन पठाउन बोलाई कक्षाकोठामा बालयौन दुरुपयोग गरेको आरोप चौधरीलाई लगाइएको छ ।

पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।