• २४ पुस २०८१, बुधबार

बालबालिकालाई न्यानो कपडा वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, पुुस २३ गते । जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, ट्रयाक सुट, टोपी र जुत्ता वितरण गरिएको छ । गोरखाको पालुङटार नगरपालिका–१० स्थित सामुदायिक विद्यालय श्री रत्न आधारभूत विद्यालय बज्रेडाँडामा अध्ययनरत ३५जना बालबालिकालाई न्यानो कपडा, ट्रयाक सुट, टोपी र जुत्ता वितरण गरिएको हो । 

पालुङटार नगरपालिकाको विकट तथा दलित र जनजातिहरुको बढी जनघनत्व भएको बज्रेडाँडामा रहेको रत्न आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई रिदम फाउण्डेशनले विद्यालयको विद्यार्थीहरुलाई ट्रयाक सुट, टोपी र जुुत्ता वितरण गरिएको विद्यालयका प्राधानध्यापक मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार रत्न आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार, सर्वोकृष्ट नतिजा, अनुशासित, उच्चतम हाजिरी, सिर्जनात्माक क्षमता र अति विपन्न ३५ जना विद्यार्थीलाई रिदम फाउण्डेशनका प्रमुख रीता गुरुङले एक कार्यक्रमका बीच मङ्गलबार वितरण गर्नुभएको उहाँले बताउनुभयो ।

अहिले जताजतै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या अति नै कम हुँदै आएकोमा उक्त विद्यालयमा भने विद्यार्थी सङ्ख्या ३५ जना रहेको 

विद्यालयले जनाएको छ । सोही सामुदायिक विद्यालयले जिल्लामा उत्कृष्ट नतिजा प्रर्दशन गर्दै पालुङटार नगरपालिकाबाट ५० हजार रुपियाँ प्राप्त गर्न सफल भएको बताइएको छ । विभिन्न सङ्घ संस्थाबाट विद्यालयमा गरिने सहयोगले विद्यार्थीको गुणस्तरीय नतिजा निकाल्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । 

विद्यालयको ३५ जना विद्यार्थीमध्ये १३ जना छात्र र २२ जना छात्रालाई न्यानो पोशाक वितरण भएको छ । न्यानो पोशाक वितरण कार्यक्रममा पालुङटार नगरपालिका-१० का जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र विद्यालयको व्यवस्थापन समितिको रोहबरमा विद्यालय पोशाक वितरण गरिएको रिदम फाउण्डेशनले जनाएको छ ।