• २५ पुस २०८१, बिहिबार

सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द

blog

गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, पुस २४ गते ।
गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अजिरकोट गाउँपालिकाले एक सूचना जारी गर्दै बुधबार बिहान ७ देखि बेलुका ५ बजेसम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो । 

पूर्वाधार कार्यालय गोरखाको ३६ करोड ४७ लाख ७९ हजार नौ सय ३१ रुपियाँ लागतमा साढे सात किलोमिटर सडक कालोपत्रे गर्न लागेकाले उक्त सडक खण्डअन्तर्गत मिलिम बुलबुले फास्रो डाडाँमा कटिङ गर्नुपर्ने भएकाले सिम्जुङ–महाभीर–घ्याच्चोक हुँदै बारपाक सुलीकोट जाने सवारी आवगमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सडक बाटो भएर घ्याच्चोक, महाभीर हुँदै बारपाक सुलीकोट गाउँपालिका जाने यात्रुलाई केहि दिनको लागि असहज भएता पनि केहि दिनपछि आवतजावत पुनः सहज हुने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षारित गरेको विज्ञाप्तिमा उल्लेख छ ।