• २५ पुस २०८१, बिहिबार

त्रिसहिदलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

फाइल तस्बिर ।

अर्जुन काफ्ले 

स्याङ्जा, पुस २४ गते । आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिसहिद नमूना माविले जितेको छ ।

सात स्वर्ण, चार रजत र तीन कास्य गरी १४ पदकसहित त्रिसहिदले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र र ६० हजार रुपियाँ हात पारेको हो । यो उपाधि  जितेसँगै त्रिसहिद नमूना माविले लगातार चौथो पटक उपाधि जितेको हो । 

आँधीखोला गाउँपालिका–५ स्थित प्रधुम्न पनेरु माविको खेलमैदान, रङ्गेठाँटीमा भएको प्रतियोगितामा चार  स्वर्ण, एक रजत र तीन कास्य गरी सात पदकसहित दोस्रो बनेको प्रधुम्न पनेरु माविले ट्रफी, प्रमाणपत्र र ४० हजार रुपियाँ हात पारेको हो । 

यस्तै तीन स्वर्ण, दुई रजत र एक कास्य पदकसहित तेस्रो बनेको श्रवण माविले २० हजार र राष्ट्रिय माविले एक स्वर्ण र दुई रजक पदक हात पार्दैै सान्त्वनास्वरूप १० हजार रुपियाँ पायो । 

पुस २२ गतेबाट शुरु भएको प्रतियोगितामा १२ विद्यालय सहभागी रहेको थियो । विजयी तथा उपविजयीलाई गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वितरण गर्नुभयो । 

यस्तै वडा स्तरको शिक्षक भलिबलमा वडा नं.–१ ले प्रथम स्थान हात पादैँ २० हजार,  दोस्रो भएको वडा नं.–२ ले १५ हजार र तेस्रो भएको वडा नं.–३ ले १० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, रिले दौड, विभिन्न दूरीमा दौड, हाइजम्प, लङ्गजम्प, सटफुट, छेलो हान्ने लगायतका खेल भएका थिए ।