फडिन्द्र अधिकारी
लेखनाथ, पुस २२ गते । कास्की प्रहरीले खेल आयोजना गरी पुरस्कार नदिई सम्पर्कविहीन हुने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अछामको सिउडी गाउँपालिका १ घर भई पोखरा–६, लेकसाइड बस्ने वर्ष ३१ का जगत डोली र पोखरा ५ बस्ने वर्ष २९ का सोनिक क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
डोली र शर्माविरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको शर्माले बताउनुभययो ।
पोखरा राइडर्स क्लबले २०८० फागुन २३ र २४ गते पोखरा–२३ बाम्दीमा आयोजना गरेको ‘पोखरा मोटो–एन्डुरो क्रस च्याम्पियनसीप २०२४’ का विजेतालाई पुरस्कार नदिई सम्पर्कविहीन बनेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
आयोजकले खेलमा दर्ता शुल्कका नाममा प्रति खेलाडी १७ हजार लिएका थिए । आयोजकले प्रथम हुने खेलाडीलाई एक लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।